Home » » कसरी सुत्ने केटीलाई कस्तो केटा मन पर्छ ? (टिप्स)

कसरी सुत्ने केटीलाई कस्तो केटा मन पर्छ ? (टिप्स)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ १७ श्रावण । मानिसहरुका भिन्न भिन्न
सुत्ने तरिका र आशनहरु हुन्छन । कोहि कोल्टे परेर
सुत्दछन, कोहि उत्तानो परेर सुत्दछन कसैलाइ मुख पुरा
ओड्नेले ढाकेर सुत्न मन पर्दछ त कोहि ओड्ने ओड्न
रुचाउदैनन । कसैलाइ तकिया च्यापेर अंगालो हालेर
सुत्न मन पर्दछ भने कसैलाइ तकिया सिरानीको रुपमा
राख्न मन पर्दछ । भिन्न भिन्न मानिसका भिन्न
भिन्न सुत्ने आशनहरु हुन्छन । अनुसन्धानबाट के पत्ता
लागेको छ भने सुत्ने आशन अनुसारका मानिसका भिन्न
भिन्न स्वभावहरु हुन्छन ।
जस्तै: उत्तानो परेर सुत्ने मानिसहरु नीतिनियमको
पालना गर्ने खालका हुन्छन भने हात खुट्टा क्रस गरेर
सुत्नेहरु अरु कसैको मतलव नगरी आफ्नै सन्सारमा रमाउने
स्वभावका हुन्छन । यस्तै केटीहरुको पनि भिन्न भिन्न
सुत्ने आशनहरु हुन्छन सोहि अनुसारका उनिहरुका
स्वभावहरु पनि । केटीहरुको सुत्ने आशनबाट उनीहरु
कस्ता केटा मन पराउदछन भन्ने समेत पत्ता लगाउन
सकिन्छ । थाहा पाउनको लागि हेर्नुहोस कस्ता
कस्ता आशनमा सुत्ने केटीहरुले कस्ता कस्ता केटाहरु मन
पराउदछन

१.उत्तानो परेर तनक्क तन्केर सुत्ने केटीहरु:
ओछ्यानमा हातलाइ सिधा राखेर उतानो परेर तनक्क
तन्केर सुत्ने केटीहरु बढि महत्वाकांक्षी स्वभावका
हुन्छन । उनिहरु जीवनमा केहि गर्ने दृढ कल्पका साथ
लाग्ने खालका हुन्छन । यस्ता केटीहरु आफुभन्दा
कमजोर खाले केटा मन पराउदछन ।

२.ओछ्यानमा घोप्टो परेर सुत्ने केटीहरु:
ओछ्यानमा घोप्टो परेर सुत्ने केटीहरु अलि
लापरवाही खालका हुन्छन । यस्तो आशनमा सुत्ने
केटीहरु जहिले सुकै डिमान्ड मात्र गरिरहने खालका
हुन्छन । यस्ता केटीहरुलाई सरप्राइज दिने खालका पुरुष
मन पर्दछन । रोमान्टीक केटाहरु नै यिनीहरुको
रोजाइमा पर्दछन ।

३.बाया कोल्टे परेर सुत्ने केटीहरु:
विशेषज्ञहरुको भनाइ अनुसार सुत्ने बिभीन्न
आशनहरुमध्ये बाया कोल्टे परेर सुत्ने आशन एकदमै उत्तम
मानिन्छ । जीवनमा परिवर्तनको आशा राख्ने
स्वभावका हुन्छन यस्ता केटीहरु । यसरि सुत्ने केटीहरु
कुरा गर्नमा एकदमै सिपालु हुन्छन । यिनीहरुलाइ नेतृत्व
क्षमता कुशल भएका पुरुषहरु मन पर्दछन ।

४.तकियामा हात राखेर सुत्ने केटीहरु
बाया वा दाया तर्फ तकिया माथि हात राखेर
सुत्ने केटीहरुलाई एकदमै राम्रो व्यक्तित्व देखाउछ ।
यस्ता खालका केटीहरुलाइ सजिलै बिश्वासमा
ल्याउन सकिन्छ । जसका कारण कहिले काहि
यिनीहरु जीवनमा धोका समेत खान पुग्दछन । यसरि
सुत्ने केटीहरुले केटाहरुको शारिरिक आकर्षण भन्दा
पनि व्यक्तित्वलाइ बढि ध्यान दिन्छन ।

५.तकियालाइ अगालो हालेर सुत्ने केटीहरु
तकियालाइ समाउने वा अगालो हालेर सुत्ने केटीहरु
सपनामा हराउन चाहन्छन । विशेष सुत्दा खेरि डराउने
केटीहरु यसरि सुत्ने गर्दछन । यस्ता केटीहरु आफुलाइ
हरहमेशा ध्यान दिने केटाहरु मन पराउदछन । हरहमेशा
आफुलाइ समय दिने र ध्यान दिने केटाहरु नै
यिनीहरुको पहिलो रोजाइ बन्ने गर्दछ ।

६.ओड्ने ओढेर सीधा सुत्ने केटीहरु
ओढ्ने ओढेर सीधा सुत्ने केटीहरु पारिवारीक नियम
कानुनमा बस्ने स्वभावका हुन्छन । यस्ता खालका
केटीहरुलाइ हामी घरेलु र संस्कारयुक्त केटी भन्ने गर्दछौ
। यिनीहरु आफुपनि साधारण नै हुने हुनाले केटा पनि
साधारण नै मन पराउदछन ।

७.छातिमा हात राखेर सुत्ने केटीहरु
छातिमा हात राखेर सुत्ने केटीहरुको संख्या त्यति धेरै
हुदैन । यस्ता केटीहरु आफ्नो परिवारको सुख
सुविधालाई बढि ध्यान दिने खालका हुन्छन ।
यिनीहरु परिवारको नियम कानुनमा बस्ने र परिवार
प्रति समर्पित एवम इमान्दार हुन्छन । यस्ता केटीहरुले
स्मार्ट केटाहरुलाइ मन पराउदछन ।

८.ख्ुाट्टा फैलाएर सुत्ने केटीहरु
सुत्दा खेरि खुट्टा फैलाएर सुत्ने केटीहरु जीवनको
महत्वपूर्ण निर्णय गर्ने सवालमा समेत लापरवाही गर्ने
खालका हुन्छन । यिनीहरुको व्यक्तित्वमा खुल्लापन र
निडरता हुन्छ जसले गर्दा बेलावखत यिनीहरु फस्ने
सम्भावना बढि रहन्छ । यस्ता केटीहरुलाइ राम्रो
साथी पनि बनाउन सकिन्छ । यसरि सुत्ने केटीहरुलाई
सधै हासिरहने र स्वतन्त्रता दिने खालका केटाहरु मन
पर्दछ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved