Home » » कोशी तरेर नआउन सिटौला र ओलीलाई कांग्रेस सभासदको चेतावनी

कोशी तरेर नआउन सिटौला र ओलीलाई कांग्रेस सभासदको चेतावनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभासद
केशव वुढाथोकीले झापा, मोरङ र सुनसरीलाई
पहाडबाट अलग गरे कोशी तरेर नआउन केपी ओली र
कृष्ण सिटौलालाई चेतावनी दिएका छन् ।
८ प्रदेशमा सहमति गरेका दलहरुबीच जनताको राय
अनुसारे सीमांकनमा सहमतिको प्रयास भइरहेको छ ।
तर, झापा, मोरङ र सुनसरी र कैलाली कञ्चनपुरलाई
कसरी मिलाउने भन्नेमा विवाद अल्झिएको छ ।
एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण
सिटौलाले पनि झापा, मोरङ र सुनसरीलाई
पहाडमा राख्नु पर्ने तथा मधेस केन्द्रीय दलहरुले मधेसमा
बन्ने प्रदशेमा हुनु पर्ने बताउँदै आएका छन् ।
एमाओवादीले आसपासका जिल्ला मिलाएर आठौं
प्रदेश बनाउने विकल्प दिएको छ । मधेसी जनअधिकार
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले
झापा, मोरङ सुनसरीमा सिरहा, सप्तरी, उपयपुर थपेर
छुट्टै प्रदेश बनाउन सकिने सार्वजनिक गरेका छन् ।
तर, झापा ५ का सभासद वुढाथोकीले पार्टी
संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा तीन
जिल्लालाई पहाडबाट अलग नगर्न चेतावनी दिएका
हुन् । मस्दौया समितिका सभापति समेत रहेका
महामन्त्री कृष्ण सिटौलाई लक्षित गर्दै वुढाथोकीले
भने-झापा मोरङ, सुनसरीलाई पहाडसँग छुटाउने
कोशिस गर्नु भो भो नतिजा राम्रो हुँदैन ।’
पार्टीका १० जिल्लाका २४ सभासदले लिखित
रुपमा आफ्नो सुझाव दिइसकेको भन्दै उनले त्यस
विपरित गए सिटौला र केपी ओलीलाई कोशी तरेर
आउन नदिने चेतावनी समेत दिएका छन् । ‘कोही
प्रधाानमन्त्री हुने कष्टमा हामीलाई सेलआउट गर्न
भएन’ सभासद बुढाथोकीले भने-हामीसँग कोही
जोडिन्छ भने स्वागत छ । केही आपत्ति छैन । तर,
संस्कृति, बसोबास, नाता सम्वन्ध हरेक कारणले हामी
पहाडबाट अलग हुन सक्दैनौं ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved