भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
[तसलिमा नसरिन]
कुनै जमानामा ‘सतीत्व नेल’ नामक एउटा नेल हुने
गर्दथ्यो । फलाम या स्टीलबाट निर्मित एउटा
गोलाकार नेल,जसको सामुन्नेतर्फ धातुको एउटा
त्रिकोणकारको पत्र जोडिएको हुन्थ्यो । पत्रको
बीचमा चुच्चो दाँत भएको एउटा छेद हुन्थ्यो । यो नेल
महिलाहरुको कम्मरमा लगाइन्थ्यो ।
उक्त त्रिकोण पत्रले महिलाको यौनांगलाई
ढाकिराख्थ्यो । पत्रको बीचमा छेद हुन्थ्यो जसले
गर्दा पिसाब गर्नमा सहुलियत मिलोस् । यो छेद
दाँतझै धारिलो हुन्थ्यो । धारिलो भएको कारण
पराई पुरुषहरुले त्यस छेदको प्रयोग गर्न नसकुन भन्ने
मनशायले यो बनेको हुन्थ्यो । संसारका कैयौ देशहरुमा
यो ‘सतीत्व–नेल’ प्रयोग गरिन्थ्यो । कहिलेदेखि
यसको प्रयोग शुरु भयो सही–सही जवाफ सुलभ छैन ।
फेरि पनि मध्य–प्राच्य र एशियामा पहिलो पटक
यो नेल बनाइएको थियो भनेर अनुमान लगाइन्छ ।
युरोपमा पनि यस्तो नेलको प्रयोग गरिन्थ्यो ।
मध्य–प्राच्यमा क्रुसेड योद्वाहरु युद्वमा जानुभन्दा
पहिला आफ्नी श्रीमतीहरुलाई फलामको यो नेल
लगाइदिएर जाने गर्दथे । जसले गर्दा श्रीमतीहरुले
श्रीमानको अनुपस्थितिको फाइदा नउठाउन् । क्रुसेड
योद्वाहरुले मात्र यस्तो गर्थे भन्ने होइन ।
टाढाको यात्रामा जानुभन्दा पहिला
योद्वाभन्दा बाहेक अन्य पुरुषहरुले पनि आफ्नी
श्रीमतीलाइ यस्तो नेल लगाइदिएर जाने गर्दथे । यो
नेल श्रीमानको हुकुमबाट मात्रै महिलाहरुले लगाउनु
पथ्र्यो भन्ने कुरा पनि थिएन । समाजको आदेशमा
पनि लगाउनु पर्दथ्यो । इटलीमा त यो रिवाज
थियो नै,चीनमा पनि यस्तो नेल धेरैले प्रयोग गर्ने
गर्दथे । कसै–कसैको भनाइमा त यो रिवाज
थाइल्याण्डमा पनि प्रचलित थियो ।
सन् १८८९ मा पचिंगर नामक एकजना जर्मन नेतृत्वविद्
अस्ट्रियाको शहरमा पुगे । जहाँ उनी पन्ध्रौं
शताव्दीमा निर्मित कुनै पुरानो गिरजाघरको
सुधार–संस्कारको काम हेर्न गएका थिए ।
गिरजाघरको भुइँमा जुन काठ बिच्छ्याइएको थियो
त्यसलाई हटाउने क्रममा उनले त्यसमुनि एउटा खाल्डो
देखे । त्यस खाल्डोमा एउटा कफिन –(लास हाल्ने
बाक्सा ) थियो । त्यस कफिनमा हात लगाउने
बित्तिकै सडेको काठ झुरझुराउँदै खस्न थाल्यो ।
त्यसभित्रबाट एउटा कंकाल निस्कियो । लामो–
लामो कपाल भएको उक्त कंकाल महिलाको भएको
देखिइरहेको थियो । शरीररमा कपडाहरुको जुन टुक्रा
बचिरहेको थियो त्यसबाट त्यो पोशाक सत्रौ
शताब्दीको भएको अनुमान गरियो ।
पोशाक हटाइसकेपछि त्यस कंकालको कम्मरमा
फलामको एउटा नेल बेरिइरहेको देखे । सत्रौ
शताब्दीको शुरुवातमा निर्मित त्यस सतित्व–नेलको
छेद भएको पत्रमा कुल एक्काइसवटा दाँतहरु थिए । यस
नेललाई देखेर जर्मन नेतृत्वविद् पचिंगर विस्मित भएका
थिए या थिएनन थाहा छैन । तर म पुरुषको यस
उद्भावन क्षमतामाथि चकित छु । ती मानिस
सतीत्वको नेलमा ताल्चा जोडेर चावी आफ्नो
गोजीमा राखेर घरबाट निस्कने गर्दथे ।
उनीहरुको आफ्नो यौनाङ्ग भने खुल्ला रहन्थ्यो । त्यस
यौनाङ्गलाई जहाँ –तहाँ प्रयोग गर्नमा कुनै वाधा
थिएन । तर घरमा श्रीमतीको यौनाङ्ग प्रयोग गर्ने
बारेमा संदेहमुक्त रहनका लागि उनिहरुलाई यस
किसिमको फलामको पोशाक लगाइदिनमा थोरै
पनि दुविधा गर्दैन थिए । पुरुष क्रुरताको यो ठूलो
षड्यन्त्र हो । यस संसारका पुरुषहरुले महिलाहरुको
सतीत्व रक्षाका लागि फलामका नेल तयार गरेका
थिए । ती पुरुष महिलाको सतीत्व प्रमाणीत गर्नका
लागि उनीहरुलाई मरेका श्रीमानको चितामाथि
बसाइदिने गर्दथे ।
पुरुषहरु महिलाको सतीत्व रक्षाका लागि आज पनि
सैयौ बीभत्स उपाय प्रयोग गर्छन् । महिलाहरुमाथि
सैयौं खालका नियम–कानुन लादेर महिला
सतीत्वको मजा लिइरहन्छन् । पहिला फलामको
भाला प्रयोग गरिन्थ्यो भने आज समाजको औलाको
इशारामा यो काम हुन्छ । समाजले महिलाहरुलाई
उनीहरु नराखुन भनेर आदेश दिएको छ । यदि उनीहरुले
हेलमेल राखे भने सम्वन्ध बिच्छेद । यदि मेलजोल राखे भने
मरण । आजकाल महिलाहरुलाई शायद त्यस किसिमको
शायद त्यस किसिमको नेल लगाइदैन । तर उनीहरुको
कम्मरमा एउटा अदृश्य नेल अवश्य बाँधिएको हुन्छ ।
अदृश्य फलामको पत्रबाट महिलाको यौनाङ्ग
ढाकिराख्नका लागि पिशाव गर्ने छेदबाट सयवटा
दाँतहरु जेडिएका हुन्छन । पुरुषहरुको शंकाको कुनै सिमा
हुदैन । अविश्वासको कुनै सीमा हुँदैन । तर मात्रै
महिलाहरुले एक्लै सतीत्वको रक्षा किन गनुृपर्ने छ ?
पुरुषहरुको परनारीगमनमा आदिम,मध्ययुग र आधुनिक युग
अर्थात कुनै पनि युगमा कुनै बाधा दिइएन । ‘सतीत्व
रक्षा’ शव्द पनि पुरुषहरुले नै रचे गढेका हुन । फलामको
नेल पनि पुरुषहरुले नै तयार गरेका हुन् ।
जुन समाज–व्यवस्थामा महिलाहरुले सती जानु पर्दछ
,त्यस्तो व्यवस्था पनि पुरुषहरुले नै तयार गरेका हुन ।
पुरुषहरु आफै के आफ्ना लागि यस्ता दुःख दिने
खालका,अपमानजनक कुनै व्यवस्था ग्रहण गर्न राजी
हुनेछन ? बिना शंका हुदैनन । त्यसैले सारा
अपमान,सारा दुख, सारा जलन यातना एउटी
महिलाको भागमा मात्र आउछ । महिलाहरुको
भागमा नै दुःखको जीवन धकेलिएको छ ।
धेरै मानिसको भनाइ छ,‘महिलाको कोखमा जुन
सन्तान छ वास्तवमा त्यो श्रीमानकै हो या होइन
भनेर प्रमाणित गर्नका लागि महिलाले सती
जानुपर्छ’।श्रीमानहरुले यदि अन्यत्र दश सन्तानको
बीज रोपेर आए पनि कुनै गुनासो छैन । मात्रै एक जरायु
सन्तानका लागि उनिहरुको सारा मोह र सारा
रुचि प्रकट हुन्छ । ती मानिसले यसको कारण पनि
आविश्कार गरेका छन् । उनीहरुले भनेका छन्–‘जो पुरै
सम्पतिको उत्तराधिकारी हुनेछ उसको मामलामा पुरै
निश्चित रहनुपर्ने हुन्छ । उत्तराधिकारी यदि कुनै अन्य
कोखको भयो भने यो श्रीमानको पौरुषको अपमान
हो ।’ आहा,पौरुष ! पुरुषको यस पौरुषको आधारमा
महिलाहरुले थाहा छैन कति युगदेखि पिसिइरहनु परेको
छ । महिलाले के पुरुषको पौरुषको रक्षामा मद्वतको
लागि मात्रै जन्म लिएका हुन ? उनीहरुको कुनै अलग
सत्ता छैन ?
पुरुषहरुको सन्तानलाई बैद्य प्रमाणित गर्नका लागि
महिलाहरुले जन्म लिएका होइनन् । कसले भन्यो
महिलाको जीवन पुरुषको स्वार्थमा उत्सर्ग हुनका
लागि हो ? महिलाहरुले उनीहरुको वैद्य–अवैद्यको
वास्ता किन गर्ने ? यो त कुनै नष्ट समाजको नियम
हो । जसको जाल तोडेर महिलाहरु अजसम्म पनि
बाहिर निस्कन सकेका छैनन् । तर बाहिर निस्कनुपर्ने छ
। उनीहरुले आफ्नो जीवन आफ्नो निजी भएको
प्रमाणित गर्नुपर्ने छ । कुनैपनि पुरुषलाई महिलाको
सतीत्वमा ताला लगाएर चाबी आफुले हत्याउने
अधिकार छैन । यसभन्दा बाहेक नारीको मुक्ति हुन
सम्भव छैन । जसरी महिलाहरुको लागि आर्थिक
स्वतन्त्रता आवश्यक छ त्यस्तै गरेर यौन स्वाधीनता
पनि उनिहरुका लागि आवश्यक छ ।
उनीहरुसँग चाहे जति पनि आर्थिक,
राजनीतिक,सामाजिक स्वतन्त्रता उपस्थित होस तर
त्यो साँचो अर्थमा कुनै पनि हालतमा स्वतन्त्रता
होइन । त्यसो त महिलाहरुको यौन स्वाधीताको
कुरा सुनेर धेरै मानिसले नाक खुम्च्याउछन उनिहरुले
भन्नेछन्–छिःछि महिलाको लागि यौन
स्वाधीनता कस्तो ? तव त उनीहरु वेश्या हुनेछन ।
महिलाहरु यदि सम्पूर्ण स्वाधीनता आर्जित गर्न
चाहन्छन भने बिना कुनै शंका सम्पूर्ण समाजले
उनीहरुलाई भन्ने वेश्या,पुरुषको ‘दासी’ बन्नुभन्दा
कयौ राम्रो कुरा हो ।
सत्य कुरा त अन्य सबै स्वाधीनता जस्तै महिलाहरुका
लागि यौन स्वाधीनता पनि आवश्यक छ ।
महिलाहरुलाई यदि कुनै पनि तरिकाबाट स्वतन्त्रता
मिल्यो भने उनीहरुलाई ‘वेश्या’ वा ‘भ्रष्ट’ महिला
भनेर डर देखाइन्छ । यी सबै पुरुष रचित षड्यन्त्रलाई
किचेर महिलाहरु यदि साँच्चै नै मनुष्य बन्न चाहन्छन भने
उनीहरुले आफ्नो तन –मनको सारा स्वाधीनता
आर्जित गर्नै पर्नेछ ।
(तसलिमा नसरीनको ह्दयको बारुद पुस्तकबाट )

0 comments:
Post a Comment