Home » » मधेसीको सुरक्षामा भारतीय गृहमन्त्रीको गम्भीर चासो...

मधेसीको सुरक्षामा भारतीय गृहमन्त्रीको गम्भीर चासो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नेपालका मधेसीहरु भारतीय हुन् ?
काठमाडौं : भारतीय गृहमन्त्री राजनाथ सिंहले
नेपालको तरार्इ मधेसमा बस्दै आएका भारतीयको
सुरक्षाप्रति गम्भीर चासो ब्यक्त गरेका छन् ।
नेपालमा जारी राजनीतिक अस्थिरतका कारण
यहाँका भारतीयहरु असुरक्षित रहेको इंगित गर्दै
गृहमन्त्री सिंहले उनीहरुको सुरक्षामा भारतको विशेष
चासो रहेको स्पष्ट पारेका हुन् ।
उनले नेपालमा रहेका करिब एक करोड भारतीयको
सुरक्षाको विषयलार्इ भारत सरकारले नजरअन्दाज गर्न
नसक्ने पनि बताएका छन् ।
इन्डिया टुडेको अनलाइन संस्करणमा आइतबार
प्रकाशित समाचार अनुसार गृहमन्त्री सिंहले
नेपालमा केही समययता जारी राजनीतिक
अस्थिरताले भारतीयहरु जोखिममा रहेको बताएका
हुन् ।
'मधेसमा देखिएको समस्या नेपालको आन्तरिक
मामिला हो, तर नेपालमा बस्दै आएका
भारतीयहरुको सुरक्षामा हाम्रो चासो छ', सिंहले
नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशस्थित
महाराजगञ्ज जिल्लाको भ्रमणका क्रममा पत्रकारसँग
भनेका छन् ।
महाराजगञ्ज जिल्लामा भारतीय सीमा सुरक्षा बल
(एसएसबी) का लागि बन्न लागेको भवन
शिलान्यासका क्रममा सिंहले उत्तर प्रदेशसँग सीमा
जोडिएका नेपालका जिल्लामा भइरहेका अपराधिक
घटनामा पनि विशेष चासो राखेका छन् ।
नेपालका मधेसीहरु भारतीय हुन् ?
राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको
सुरक्षामा चासो ब्यक्त गरेको सोही समाचारमा
नेपालका मधेसीहरु भारतबाट वर्षौंअघि बसाइँ सरेर
नेपाल आएको दाबी गरिएको छ ।
'मधेसीहरु भारतीय हुन्, उनीहरु वर्षौंअघि बसाइँ सरेर
नेपाल गएपछि त्यहाँको नागरिकता लिए', इन्डिया
टुडेमा पत्रकार पियुष श्रीवास्तव लेख्छन्, 'उनीहरुलार्इ
नेपालबाट लखेट्न केही राजनीतिक दल र सशस्त्र समूहरुले
गरी आक्रमण गरिरहेका छन् । त्यहीकारण मधेसीलार्इ
भारतीय जनता पार्टीले लामो समयदेखि सहयोग गर्दै
आएको छ ।'

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved