Home » » २५० रुपैयाँमा युटिएलको असिमित इन्टरनेट योजना..

२५० रुपैयाँमा युटिएलको असिमित इन्टरनेट योजना..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


युनाइटेड टेलिकम लिमिटेडले दशैँ लगायतका चाडपर्वको अवसरमा मात्र २५० रुपैयाँमा ५६ दिनसम्म असिमितरुपमा इन्टरनेट चलाउन मिल्ने विशेष डाटा प्याक योजना ल्याएको छ।

यो योजना अन्तर्गत यही भदौ १५ देखि असोज ८ गते भित्र युटिएलको डाटाप्याक सिम खरिद गरी ग्राहकले उक्त असिमित इन्टरनेट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

भदौ १५ गते डाटाप्याक सिम किन्नेहरुले ५६ दिनसम्म र योजनाको अन्तिम दिन अर्थात् असोज ८ गते सिम किन्नेहरुले भने ३२ दिनसम्म असिमित रुपमा इन्टरनेट चलाउन सक्ने बताइएकोछ।

साथै यो योजना नयाँ डाटा सिम खरिदमा मात्र लागू हुने पनि बताइएको छ। यसअघिका डाटा प्याकेजहरुमा भने यो योजना लागू हुने छैन।

योजनाको अवधि समाप्त भइसकेपछि उक्त डाटा प्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुने र त्यसवापत ग्राहकले मासिक ५ सय ६५ रुपैयाँ रिचार्ज गरी सेवा सुचारु गर्नसक्ने पनि कम्पनीले बताएको छ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved