भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं : आइतबार साँझ काठमाडौं उपत्यकामा
५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।
साँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु
भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस
भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी
दिएको छ ।
भूकम्पको धक्का काठमाडौ उपत्यका, काभ्रे,
सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका
जिल्लामा महसुस भएको छ ।
यसअघि आइतबार बिहानै दुर्इवटा भूकम्पका धक्का
महसुस भएका थिए ।
बिहान ३ बजेर ९ मिनेटमा धादिङ र ८ बजेर २६
मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.३ र ४.१
म्याग्निच्यूडका दुर्इ भूकम्पको धक्का महसुस भएका
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुई दिनअघि पनि सिन्धुपाल्चोक र गोरखा
केन्द्रविन्दु भएर भूकम्पको धक्का गएका थिए ।

0 comments:
Post a Comment