भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १३ भदौ । एकीकृत नेकपा (माओवादी)
का वरिष्ठ नेता डा बाबुराम भट्टराईले
कर्तव्यपालनाको सिलसिलामा कैलालीको
टिकापुरमा मारिनु भएका नेपाल प्रहरीका वरिष्ठ
प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको
परिवारलाई भेटेर सान्त्वना दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता डा भट्टराईले
टिकापुर घटनाका दोषीलाई कारवाही गर्न आफ्नो
पार्टीका तर्फबाट सरकारलाई आग्रह गरिसकेको समेत
सो अवसरमा जानकारी गराउनुभएको थियो ।
उक्त घटनाको छानबिन गर्नुपर्ने र पीडित
परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने
बताउँदै न्यौपाने परिवारलाई धैर्यधारण गर्न आग्रह
गर्नुभएको थियो ।
न्यौपानेका छोरा सन्देश पौडेलले पूर्व प्रधानमन्त्री
डा भट्टराई समक्ष निहत्था आफ्ना बाबुलाई
अमानवीय यातना दिएर मार्नेलाई कडा भन्दा कडा
कारवाही गर्न माग गर्नुभएको थियो ।
न्यौपाने परिवारलाई सान्त्वना दिदै कैलाली
घटनाको सत्यतथ्य छानबिन हुने र दोषीमाथि
कारवाही हुने बताउनुभएको डा भट्टराईका सहयोगी
सनिप पुनले जानकारी दिनुभयो । रासस

0 comments:
Post a Comment