भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी– फिल्म बाहुबली रिलिज भएको भर्खरै एक
महिना पुगेको छ । फिलमले हालसम्म ८०० करोड
कमाएको छ । फिल्म हेर्दा हामी के बुझन सक्छौ भने
यसको दास्रो पार्ट पनि आउनेवाला छ । किन कि
फिल्ममा काहानीको अन्त्य भएको छैन । तर, फिल्म
आउनुभन्दा पहिले नै यसको दास्रो पार्टको स्क्रिप्ट
लीक भएको छ ।
दोस्रो भागमा खलनायकलाई हराइसकेपछि
फिल्मका नायक बाहुबली महिषमती राज्यको राजा
बन्छन्। भल्लाव देव सेनापति बन्छन। तर कालान्तरमा
बाहुबलीको हत्या हुन्छ अनि भल्लाल देव राजा
बन्छन्। तर पहिलो फिल्ममा यो कालान्तरको कथा
भने गर्भमा नै राखिएको थियो। फिल्मको अन्तिम
सिनमा कटप्पाले बाहुबलीलाई विश्वासघात गरि
तरवारले घोपिदिन्छन्।
फिल्मको अधिकांश समय कटप्पालाई बाहुबलीको
नजिक देखाइन्छ तर फिल्मको अन्त्यमा बाहुबलीको
ज्यानै लिनको लागि त्यस्तो के भएको हुन्छ ? यी
सारा फिल्मी रहस्य बाहुबलीको अर्को भागमा
खुलाइन्छ । यो अर्को फिल्मको कहानी बाहुबली
राजा बन्ने तरखर गरेदेखि सुरु हुनेछ। त्यसबखत
बाहुबलीलाई देवसेना नामकी एक युवतीसंग प्रेम हुन्छ।
ति युवती पनि बाहुबलीसंग प्रेम गर्न लाग्छिन्। तर
माहिषमति राज्यमा यसरी प्रेम गर्न सम्भव देखिन्न।
त्यसैले बाहुबली देवसेनालाई लिइ राजपाठ छोडेर
हिड्छन्। त्यसपछि माहिषमति राज्यको राजपाठ
भल्लाल देवले पाउँछन्। क्रुर शासक भल्लालसंग छिटै
जनता आक्रोषित हुन्छन्। उता बदला लिन तम्सेका
कालाकेया ९खलनायक० का भार्इ फेरि माहिषमति
राज्यमा आक्रमणको तयारीमा हुन्छ। यो सबै
जानकारी पाएपछि बाहुबली फेरि घर फर्कन्छन्।
तर, त्यसैबीच भल्लालदेव, कटप्पट र बिजलाल देवले
बाहुबलीको हत्या गरिदिन्छन्। बाहुबलीकी पत्नी
बनिसकेकी देवसेना गिरफ्तार हुन्छिन्। देवसेनाको
बच्चालाई पनि मार्न लागिएको हुन्छ तर भल्लाल
देवको आमाले बचाइदिन्छिन्। यो बच्चाको नाम
शिवा हुन्छ।
शिवाले नै भल्लाललाई हराउनेछ। जसमा शिवालाई
उसको प्रेमिका अवंतिकाले साथ दिन्छिन्। दुवै मिलेर
माहिषमतिमा आफ्नो हक लिन आक्रमण गर्छन्।
भल्लाल देवलाई हराएपछि बाहुबलीका छोरा
शिवालाई माहिषमतिको सिंहासन मिल्छ। साथै
यो फिल्ममा बाहुबली साउथकी नायिका अनुष्का
शेट्टीको साथमा रोमान्स गर्दै देखिने छन्। सन् २०१६
को जनवरी १५ अगाबै बाहुबलीको यो दोस्रो भाग
रिलिज हुने बताइएको छ।

0 comments:
Post a Comment