Home » » बाबुराम भट्टराईलाई परदेशी नेपालीको खुल्लापत्र

बाबुराम भट्टराईलाई परदेशी नेपालीको खुल्लापत्र

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भदौ १४ गते
माननीय नेता ज्यू !
यहाँले उत्पीड़नमा परेका जनताको पक्षमा म जहिले
पनी हुन्छु भन्नुभयो । म गरिबको पक्षमा हुन्छु भन्नुभयो
। म यो सोध्छु जनयुद्ध गरेर सदियौ उत्पीडनमा परेका
दलित मुस्लिम जनजाति कस्लाई प्रधानमन्त्री
बनाउनुभयो । तपाईको र प्रचण्डजी को पालो आयो
खडक बिश्वकर्मालाई वा देव गुरुंग वा प्रभु शाहलाई
किन बनाउनु भएन ? के तपाईको नजरमा सम्पूर्ण बाहुन
क्षेत्री सामन्ती हुन शोषक हुन ? तपाईलाई के लाग्छ
बिकेन्द्रीकरण गरेको महेन्द्रले वा बीरेन्द्रले त्यों गलत,
हजुरले गरेको मात्रै ठीक ?
तपाईं साच्चिकै भन्ने हो भने देश र जनताको ‘१ नम्बर
को दुश्मन’ हो । तपाईं जस्तो खतरनाक ‘किरा’ यो
देशमा बाचुन्जेल असली रुपमा जनताले केही पाउने
होइन, रगतको खोलो बग्ने र हतियारको ब्यापार
बढ्ने भन्दा अरु केही हुने छैन ।
आज तपाईले आफ्नो इशारामा कैलाली घटना
घटाउनुभयो यो हजुरले नै स्वीकार गर्नु भएको छ ।
तिनी सुरक्षाकर्मी कुन बर्गका थिए ? तपाईको
वकालत दलित मजदुर गरिबको पक्षमा हुन्छ तर हजुरको
श्रीमती एसिया कै भ्रष्ट महिला नेत्री भनेर
समाचार पत्रपत्रिकामा आएका छन । यो देखाउने र
चपाउने दाँत कहिले सम्म हो ? सामाजिक सद्भाव
खलबल्याउने खेल कहिले सम्म खेल्नु हुन्छ ? तपाई
प्रधानमन्त्री हुनु भयो । ४० सूत्रीय माग शेरबहादुर
देउवा सरकार समक्ष राख्नु भएको थियो आफू
कुर्चिमा बसेको बेला त्यों माग कुन दुलोमा गयो ?
जनयुद्धमा मरेका सहिद र उनको परिवार अनि
घाइतेहरुको लागि के गर्नु भयो ? तपाई बाबुराम जी
रंग बदल्ने काम छोड़नुस । के जनयुद्धबाट जनवादी
ब्यबस्था ल्याउनुभयो ।
प्रचण्ड र तपाई प्रधानमन्त्री हुनुभयो । आज फेरि तपाईं
संबिधानसभाको मस्यौदा समितिभित्र रहेको
ब्यक्ति चौधरी (थारु समुदाय)लाई अधिकार
दिनबाट कस्ले रोकेको छ ? तपाईं यो भन्नुस कि
थारुको घरमा थारु नै कमैया बसेका छन कि छैनन,
थिएकी थिएनन ? कुनै धनी मगरले गरिब मगरको
बारेमा कहिलै कुनै आन्दोलनमा साथ दिएको थियो
कि नाइ ? बाहुनभित्र बाहुनलाई शोषण भएको देख्नु
भएको छ कि नाइ ? दलितले दलितलाई छुवाछुत गरेको
देख्नु भएको छ कि छैन ? तराइका भुमिहिन सुकुम्बासी
दलित बर्गको लागि राज्य खै ? तराइमा कुवा छोएकै
कारण दलितको रासन पानी बन्द गरिन्छ त्यो गर्नेहरु
को हुन ? त्यहाँका जमिन्दार यादव ठाकुर उच्च
घरानिया हुन कि होइनन ? तपाईं जस्तो जिम्मेवार
पदमा बसेको ब्यक्तिले सामाजिक सद्भाव
खल्बल्याउने अभिब्यक्ति दिने कामको परिणाम के
हुन्छ एक पटक सोच्नु भएको छ ? तपाईंहरुले हिजो यो
बुर्जुवा शिक्षा चाहिँदैन भनेर भर्खर ७, ८ मा पढ्ने
नाबालकहरुलाई खोलामा झोला फालेर युद्धमा
हिडाउँनुभयो । आफ्नी छोरीलाई कुन शिक्षाबाट
बिद्यावारीधी गराउदै हुनुहुन्छ ? तपाईं लगायत
केन्द्रिय नेतृत्वले आफ्ना छोरा छोरीलाई महंगा
निजी स्कुलमा पढाउनुभयो तर, गरिबका
छोराछोरीको लागि तेही शिक्षा बुर्जुवा भयो ?
कसरी ? के तपाईं सधैं गरिबको पक्षपाती हुनुहुन्छ ? म
यो कुरा मान्दैन किन कि हिजो तपाईंको जनयुद्धमा
खाना बस्न नदिएकै कारण सुराकीको आरोप लागेर
कती परिवारले सास्ती खेप्नु परेको थियो ? जवाफ
दिन सक्नु हुन्छ ? तपाईं साच्चिकै भन्ने हो भने देश र
जनताको १ नम्बर को दुश्मन हो । तपाईं जस्तो
खतरनाक ‘किरा’ यो देशमा बाचुन्जेल असली रुपमा
जनताले केही पाउने होइन रगतको खोलो बग्ने
हतियारको ब्यापार बढ्ने भन्दा अरु केही हुने छैन ।
म यो कुरा हजुरसँग पार्टी फरक बिचार फरक परेको
कारण भनिरहेको छैन । अहिले आँफै शीर्ष स्थानमा
हुनुहुन्छ । पहिलो संबिधान सभाले बनाउन लागेको
संबिधान अहिलेको भन्दा धेरै प्रगतिशिल थियो
त्यहाँ दलितका मुद्दा समेटिएका थिए तेस्को अन्त्य
गर्ने पनि हजुर नै हो । पहिले सम्झौता गर्ने तेस्लाई
भाजो हालेर तुहाउने त्यसैको आडमा लामो समय
सत्ता भत्ता खाने काम हजुरहरुको हो ? ४० सुत्रीय
माग राखेर संयुक्त जनमोर्चा नेपालको नेतृत्व गर्ने हजुर
आफ्नो मुद्धामा अडिन त सक्नु भएन नै उल्टै बिप्पा
जस्तो राष्ट्रघाती सन्धी सम्झौता गरेर देशको
लागि जुवा खेलेर आए भनेर भन्न पछी पर्नु भएन ? तपाईंले
जनतालाई सिङ्गापुर बनाउँछौ स्विजरल्यान्ड
बनाउछौ भन्नुहुन्थ्यो नङापुर चाँही पक्कै बनाउनुभयो
। धन्यवाद बाबुराम भट्टराई यो देशको सामाजिक
सद्भाव जातिय सद्भावमाथि धावा बोलेर जातिय
युद्दमा देशलाई हिडाउने बाटो लिएकोमा ।
धन्यवाद
मेघराज नेपाली (भट्टराई)
हाल काबुल अफ्गानिस्तान

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved