Home » » ‘कुनै पनि हालतमा थरुहट र मधेसका जनताले आफ्नो अधिकार लिएरै छाड्छन्’

‘कुनै पनि हालतमा थरुहट र मधेसका जनताले आफ्नो अधिकार लिएरै छाड्छन्’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


'यथास्थितिमा सरकारसँग वार्ता हुन सक्दैन्'

जनकपुरधाम, १४ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

मधेसी, थारु, आदिवासी, दलित, जनजातिहरु आफ्नो अधिकार संविधानमा सुनिश्चित गराउन सडकमा ओर्लिसकेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहनेछ बताउनुभयो ।

सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष यादवले २०६४ सालमा सरकारले गरेको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन नै वार्ताका लागि आफूहरुको ‘बटमलाइन’ भएको बताउनुभयो ।

यथास्थितिमा सरकारसँग वार्ता हुन नसक्ने बताउँदै अध्यक्ष यादवले विगतको सम्झौता तत्काल लागू गर्नुपर्ने अडान राख्नुभयो । एक प्रश्नको उत्तरमा सरकारले आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गरिरहेका बेला अध्यक्ष यादवले तत्काल वार्ताको औचित्य नरहेको बताउनुभएको छ ।

उहाँले थरुहट र मधेसका जनताले कुनै पनि हालतमा आफ्नो अधिकार लिएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । टीकापुर घटनातर्फ संकेत गर्दै नेता यादवले आफ्नो अधिकारको लडाइलाई रोक्न खोज्ने पुलिस प्रशासनलाई थरुहट र मधेसका जनताले कुनै पनि हालतमा नछाड्ने चेतावनी समेत दिनुभभयो । रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved