Home » » कैलालीका प्रजिअ चापागाई भन्छन् ‘गोली चलाउन मेरो आदेश पर्खनु पर्दैन’

कैलालीका प्रजिअ चापागाई भन्छन् ‘गोली चलाउन मेरो आदेश पर्खनु पर्दैन’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भदौ १४, टीकापुर। आठ दिन अघि कैलालीको
टीकापुरमा थरूहट थारूवान आन्दोलनकारीद्वारा
नेपाल प्रहरीका १ वरिष्ठ प्रहरी उपरीक्षक र २
वर्षीय बालकसहित ९ जनाको ज्यान जाने गरी
भएको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले एक
शिक्षकसहित थप ११ जना पक्राउ गरेको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन
चापागाईंका अनुसार प्रहरीले कैलालीको
टीकापुरस्थित अस्नेहरी, नुक्लीपुर, बर्दियाको
राजापुरबाट टीकापुर घटनामा संलग्न भएको
आशङ्कामा ११ जना पक्राउ गरि आवश्यक
अनुसन्धानका लागि जिल्ला सदरमुकाम धनगढी
चलान गरेको छ।
पक्राउ परेका व्यक्तिका बारेमा भने प्रजिअ
चापागाईले थप जानकारी दिनुभएन। यस अघि
टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कैलाली
क्षेत्र नं ३ का अध्यक्ष रामप्रसाद चौधरीसहित ७
जना उपर कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद
थप गरी अनुसन्धान अघि बढाइएको छ। पछिल्लो पटक
गरी टीकापुर घटनामा संलग्न भएको आशङ्कामा
पक्राउ पर्नेको संख्या १८ पुगेको छ।
कैलालीको सुरक्षा व्यवस्था सुदृढ बनाइएको प्रजिअ
चापागाईको दावी
कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर
चापागाईले जिल्लाको सुरक्षा चुनौति र
सम्वेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था सुदृढ
बनाइएको बताएका छन्। आठ दिन अघि कैलालीको
टीकापुरमा नेपाल प्रहरीका १ वरिष्ठ प्रहरी
उपरीक्षक र २ वर्षीय बालकसहित ९ जनाको ज्यान
जाने गरी भएको घटनापछि सोमबार टीकापुरमा
आयोजित पत्रकार सम्मलेनमा प्रजिअ चापागाईले
टीकापुर घटनापछि जिल्ला सुरक्षा समितिको
निर्णयानुसार नारायणपुर, हसुलियामा सशस्त्र
प्रहरीको वेस क्याम्प स्थापना गर्नुका साथै
जोशीपुर, सडकपुर बौनियाँ, चौमालासहित थप ८
स्थानमा सशस्त्र प्रहरीलाई थप मद्दतका लागि
परिचालन गरिएको छ।
सरकारको निर्णयपछि टीकापुर र भजनी त्रिशक्ति
नगरपालिकाका अतिरिक्त दङ्गाग्रस्त थप आठ
गाविसमा सेना समेत परिचालन गरिएको बताएका
छन्। सुरक्षाकर्मीको मनोवल उच्च र शान्ति व्यवस्था
सुदृढ राख्न सातामा ४ दिन सम्बेदनशील क्षेत्रमा
आफैले अनुगमन र निरीक्षण गर्ने समेत उनले बताएका छन्।
‘टीकापुर घटनामा समन्वयको अभाव, सूचना सङ्कलन
तथा वितरण प्रभावकारी नभएको र सुरक्षा
निकायबीच समझदारी समेत खड्किएको पाइयो’
प्रजिअ चापागाईले भने–‘अब सुरक्षा व्यवस्था चुस्त,
प्रभावकारी र समन्वयकारी बनाइएको छ ।’
टीकापुर घटनाका दोषी उपर प्रमाणका आधारमा
कारवाही गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त
गर्दै प्रजिअ चापागाईले पत्रकार सम्मेलनमा उपस्थित
सुरक्षाकर्मीलाई इङ्गित गर्दै भने–‘सही समय, सही
तरिका र सही उद्देश्यले सुरक्षा व्यवस्था सदृढ पार्न
गोली चलाउनु होला मेरो आदेश पर्खनु पर्दैन।’
जिल्लामा सामाजिक सद्भाव कायम गराउन
कैलालीका संविधान सभा सदस्यहरूको भूमिका
महत्वपूर्ण भएकोमा उनले जोड दिए। उनले आफू अनुहार
देखाउन नभइ चुनौतिपूर्ण र विषम परिस्थितिमा
व्यवहार देखाउन कैलाली आएको भन्दै सुरक्षा कमाण्डर
बर्दी लगाएर बस्ने मात्र होइन जनताको ज्यूधनको
सुरक्षाका लागि गम्भीर बन्न सचेत र सजक हुनु पर्नेमा
जोड दिए ।
टीकापुर घटना गम्भीर भएकोले उच्च स्तरीय छानविन
समितिले छानविन गर्ने भन्दै सँगै रहेका नेपाल
प्रहरीका एसएसपी र सशस्त्रका एसपी छुट्टिनु,
गाडीमा चढेर फिर्ता हुनु, हतियारमा गोली लोड
नहुनु र अत्यन्तै विषम परिस्थितिमा समेत गोली
चलाउन आदेश नहुनु जस्ता विषय छानविनपछि खुल्ने
बताए।
कफ्र्युका समयमा टीकापुरमा भएको आगजनी र
तोडफोडका विषयमा सोधिएको प्रश्नमा प्रजिअ
चापागाईले भने–‘नेतृत्वको सङ्कट हो ।’उच्च पदस्थ
सुरक्षाकर्मीसहित सहकर्मी मारिनु, थुप्रै घाइते हुनु,
प्रजिअसहित दुई डीआइजीलाई केन्द्रमा झिकाइनु र
आफुहरू समेत कैलाली पुग्न नपाएको अवस्थाका कारण
आगजनी र ताडफोड भएको हुन सक्ने बताउँदै आफुहरूले
कमाण्ड सम्हालेपछि अवस्था नियन्त्रणमा आइसकेको
समेत दावी गरेका छन् ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन
धितालको संयोजकत्वमा टीकापुरमा भएको
आगजनी, तोडफोडको क्षतिको विवरण सङ्कलनका
लागि तीन सदस्यीय समिति बनाइएको समेत
जानकारी दिए।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख
डीआईजी माधव नेपाल, सशस्त्र प्रहरीका सुदूरपश्चिम
प्रमुख डीआईजी सुरज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका
प्रमुख ओम खड्का सहभागी थिए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved