भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
वीरगञ्ज, १५ भदौ ।
घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका वीरगञ्जका
आन्दोनकारीले कफ्र्युको समयमै प्रहरी चौकीमा
ध्वस्त बनाउँदा प्रहरीको गोलीबाट एकजनाको मृत्यु
भएको छ ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यु आन्दोलनकारीले
तोडेर प्रहरी चौकीमा आगजनी गनए लाग्दा भएको
गोली प्रहारबाट घाइते भएका अर्का प्रदर्शनकारी
पनि गम्भीर घाइते भएका छन् । प्रदर्शनकारीले कफ्र्युकै
समयमा दुई प्रहरी चौकी र एक सवारी साधनमा
आगजनी गरेका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच श्रीपुर–१४ राधेमाइ
टोलमा झडप हुँदा प्रहरीको गोली लागेर ३० वर्षीय
दिलिप चौरसियाको मृत्यु भएको हो । उनी
वीरगञ्ज–२५ जगन्नाथपुरका वासिन्दा हुन् ।
आगजनीमा व्यस्त रहेकै बेला प्रहरीले सोझ्याएको
गेली पिठ्युमा लागेका उनको नारायणी उपक्षेत्रीय
अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको
हो । सोही बेला नै गेली लागी घाइते भएका
पन्नालाल यादवको पनि अवस्था खतरामुक्त हुन
सकेको छैन । उनलाई घुँडामा गोली लागेको छ ।
आन्दोलनकारीले वीरगञ्ज उपमहानगरपालिका
कार्यालय अगाडि पार्किंग गरी राखिएको नापी
कार्यालयको ना १ झ २७९ नम्बरको गाडी पनि
तोडफोड गरिदिए ।
यसैगरी प्रदर्शनकारीले रानीघाट प्रहरी चौकी र
अशोकबाटिकाको छेउमै रहेको शिव पार्वती मन्दिर
अस्थायी प्रहरी पोष्ट पनि ध्वस्त बनाइ दिएका छन्
। रानीघाट प्रहरी चौकी आज दिउँसो मात्र खाली
गराइएको हो ।
तोडफोड, आगजनी र कफ्र्यु उलंघन गर्ने काम मधेश
समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान
सिंहको नेतृत्वमा भएको थियो । प्रदर्शनकारीले
कफ्र्यु तोड्ने क्रम बढ्दै गएपछि दुई पक्षीय भिडन्त पनि
बढ्दै गएका छन् ।
राजेशमानको तेतृत्वमा रहेका बन्दकर्ताहरुले इलाका
प्रहरी कार्यालय नगवाका लागि थप मद्धत गएको
प्रहरी टोली माथि अन्धाधुन्द ढुंगामुढा प्रहार
गरेपछि प्रहरीले अश्रुग्यास र रवर बुलेट प्रहार गरेको
थियो।
सिंहकै नेतृत्वमा रहेको बन्दकर्ताहरुले बसपार्कमा
राखेका बस तथा प्रहरीमाथि ढुंगामुढा गर्न
थालेपछि उक्त स्थानमा समेत प्रहरीले अश्रुग्यास र रबर
बुलेट प्रहार गरी स्थिति नियन्त्रणमा लिएको हो ।
घण्टाघर चोकमा संयुक्त मधेसी मोर्चाका पर्सा
संयोजक प्रदीप यादवको नेतृत्वमा रहेको बन्दकर्ताहरुले
नेपाल टेलिकमको कार्यालयमा ढुंगामुढा प्रहार
गरेपछि प्रहरीले अश्रुग्यास फायर गरी भिडलाई
तितरवितर गरेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले सोमबार ४ बजेदेखि मंगलबार ६
बजेसम्म पूर्व पर्वानीपुर, पश्चिम ईनरवा, उत्तर गण्डक र
दक्षिण सिरसिया भित्रको क्षेत्रमा कर्फ्यु आदेश
जारी गरेको छ।
0 comments:
Post a Comment