भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १५ भदौ । आइतवार भारतको दिल्ली
स्थित जन्तरमन्तर भन्ने स्थानमा नेपाललाई
हिन्दूराष्ट्र कायम राख्न एक अन्तर्राष्ट्रिय सम्मेलन
सम्पन्न भएको छ ।
नेपाल भारतको धार्मिक क्षेत्रका चर्चित व्यक्तित्त्व
कालीबाबाको विशेष भूमिकामा भएको सो
सम्मेलनमा नेपालबाट धार्मिक क्षेत्रका युवा–
प्रवक्ता चैतन्य कृष्ण, बृहत् सनातन हिन्दू मोर्चाका
संयोजक हरिबोल भट्टराई, सत्मार्ग अभियानका
केन्द्रीय सदस्य ध्रुवप्रसाद अर्याल, उद्योग वाणिज्य
संघका पूर्व अध्यक्ष चण्डि ढकाल सहभागी हुनुभएको
थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्त्वको रूपमा सम्बोधन गर्दै
चर्चित तान्त्रिक गुरु चन्द्र स्वामीले भारतका सबै
साधुसन्तहरूको तर्फबाट नेपाल हिन्दू राष्ट्र होस भन्ने
चाहना रहेको बताउनु भएको थियो । सम्मेलनलाई
नेपालका प्रतिनिधि चैतन्य कृष्णले विशिष्ट वक्ताको
हैसियतमा सम्बोधन गर्दै विश्वका सबै हिन्दूहरूको
आस्थाको केन्द्र पशुपतिनाथ, बुद्धनाथ, मुक्तिनाथ,
जानकी जनकपुर रहेको, नेपाल धेरै कोणबाट हेर्दा र
विश्वका सबै हिनदूहरूको आस्थालाई सम्मान गर्न
हिन्दू राष्ट्र नै हुनपर्ने, त्यसको लागि विश्वभरका
हिन्दूहरूले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु
भएको थियो । ध्रुवप्रसाद अर्यालले हिन्दू
राष्ट्रभन्दा ठूलो पहिचान नेपालीको लागि अरु
केही पनि हुननसक्ने र भारतको पनि सुरक्षाको लागि
नेपाल हिन्दूराष्ट्र हुनुपर्ने धारणा राख्नु भएको
थियो ।
चण्डि ढकालले धार्मिक पर्यटनको विकासको लागि
नेपाल हिन्दूराष्ट्र हुँदा धेरै सम्भावनाहरू रहेको प्रकाश
पार्नु भएको थियो । यसै गरी हरिबोल भट्टराईले
नेपालको राजनीतिक क्षेत्रले धर्म निरपेक्षता गरेर
ठूलो भूल गरेको, पुनः नेपाल हिन्दूराष्ट्र कायम हुनपर्ने
र त्यसको लागि आफूहरू संघर्ष गरिरहेको, सो संघर्षमा
देशविदेशमा रहेका सबै हिन्दूहरूले मद्दत गर्न अनुरोध गर्नु
भएको थियो ।
सम्मेलनलाई विशिष्ट सम्बोधन गर्दै कालीबाबाले
नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने अडान आफूले
लिएको र त्यसको लागि आफ्नो सबै शक्ति खर्चने
बताउनु भएको थियो । ‘हिन्दू राष्ट्र लाओ नेपाल
बचाओ’ भन्ने नारा तथा उद्घोषसहित शुरु भएको सो
सम्मेलन ई. विष्णु बरालको संयोजन तथा एस.पि.
मेमोरियल शिक्षा निकेतनका अध्यक्ष श्रीमती
लक्ष्मी बरालको अध्यक्षतामा सुसम्पन्न भएको
थियो । सम्मेलनको कार्यक्रम गोविन्द पोखरेलको
सञ्चालनमा भएको थियो ।
0 comments:
Post a Comment