Home » » नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ: कमल थापा

नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ: कमल थापा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौँ, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान जारी
गर्ने बेलामा सेना परिचालन हुनु अस्वाभाविक भएको
बताउनुभएको छ ।
पार्टीले आज यहाँ आयोजना गरेको विरोधसभालाई
सम्बोधन गर्ने क्रममा उहाँले संविधान जारी हुँदा
जनतामा उत्साह र उमङ्ग हुनुपर्नेमा विभिन्न स्थानमा
द्वन्द्व, हत्या र हिंसाका घटना हुनु दुःखदायी रहेको
विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको
मुलुकमा जारी गरिने संविधानमा हिन्दू राष्ट्र कायम
गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता विष्णु
भट्टराई, सहायक महामन्त्री डा गीताभक्त जोशी,
केन्द्रीय सदस्य राजाराम बर्तौलालगायतले जनताको
भावना संविधानमा समेट्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि त्रिपुरेश्वरमा पार्टीका कार्यकर्ता जम्मा
भई पदयात्रा गर्दै नयाँबानेश्वरस्थित संविधानसभा
भवन अगाडि पुगी सभामा सहभागी भएका थिए ।
रासस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved