भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल
दाहाल ‘प्रचण्ड’ तथा नेता बाबुराम भट्टराईले
प्रधानमन्त्री सुशील कोइरालालाई मधेसमा
आन्दोलनरत पक्षका जायज मागलाई सम्बोधन
गर्न सुझाव दिएका छन् ।
केही बेर अघि भएको भेटका क्रममा दुबै नेताले
प्रधानमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन् ।
उनीहरुले वार्ता र संवादको माध्यमबाट
निकास निकाल्न प्रधानमन्त्रीले नै पहल लिनु
पर्ने समेत बताए ।
प्रधानमन्त्रीसँगको भेटका क्रममा प्रधानमन्त्री
समेत वर्तमान अवस्थादेखि गम्भिर रहेको
भट्टराईले खबरडबलीलाई जानकारी दिए ।
‘हामीले बल प्रयोग समस्याको समाधान
नभएकाले प्रधानमन्त्री ज्यूले नै वार्ताको पहल
लिनु पर्ने सुझाव दियौ ।’– भट्टराईले
खबरडबलीसँग भने ।
प्रतिक्रियामा प्रधानमन्त्री कोइरालाले
पनि वार्ताबाट निकास निकाल्ने पक्षमा
आफू रहेको उल्लेख गर्दै छलफललाई तिव्र रुपमा
अगाडी बढाएको उल्लेख गरेका थिए ।
0 comments:
Post a Comment