Home » » मधेस आन्दोलन अझ आक्रामक बनाउने यस्तो छ तयारी !

मधेस आन्दोलन अझ आक्रामक बनाउने यस्तो छ तयारी !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


२१ भाद्र , सप्तरी ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा
तराईमा अनिश्चितकालीन बन्द जारी छ । शनिबार
साँझसम्म प्रमुख दलले माग सम्बोधन गर्ने विश्वासमा
रहेका उनीहरूले काठमाडौंले नसुनेको भन्दै आन्दोलन थप
सशक्त बनाउने भएका छन् ।
आन्दोलनरत दलले २२ दिनको शान्तिपूर्ण आन्दोलनबाट
माग सुनुवाइ नभएको निष्कर्ष निकालेका छन् । पूर्व–
पश्चिम राजमार्गमा रातिको समयमा अवरोध गर्न
नसक्दा काठमाडौंलाई दबाब नपुगेको निष्कर्ष
उनीहरूको छ । अब रातिको समयमा पनि राजमार्ग
अवरुद्ध गर्ने रणनीति उनीहरूले बनाएका छन् । बल
प्रयोग भए प्रतिरोध गर्ने तयारीसमेत गरेका छन् ।
मोर्चाको राजमार्गकेन्द्रित आन्दोलनको तयारीले
मधेस अशान्त हुने सम्भावना छ । मोर्चाका नेताहरूले
अबको आन्दोलन निर्णायक हुने दाबी गरेका छन् ।
‘हाम्रो आन्दोलन अब राजमार्ग अवरोध गर्ने हुन्छ,
राजमार्गमा टेन्ट टाँगेर रातदिन बस्छौं,’ मधेसी
मोर्चाका एक नेताले भने, ‘हामीलाई थाहा छ,
त्यसवेलामा सुरक्षाकर्मीले हामीमाथि दमन गर्नर्ेछन्
। हामी त्यसको प्रतिरोध गर्छौँ, त्यसले आन्दोलन
नयाँ उचाइमा पुग्नेछ ।’
आइतबार राजविराजमा भेटिएका मोर्चाका एक
कार्यकर्ताले पनि राजमार्ग अवरोध नै अन्तिम
आन्दोलन हो भन्ने सर्कुलर रहेको जानकारी दिए ।
‘हामीमाथि धेरै अन्याय भयो, हाम्रा माग सुनिएन,’
ती कार्यकर्ताले भने, ‘हामीलाई लाठीसहित घरेलु
हतियार लिएर सडकमा आउनू भन्ने निर्देशन छ । हामी
अब सबै सडकमा हुन्छौँ ।’ मधेसी मोर्चाका नेता तथा
कार्यकर्ताले शनिबार राति सप्तरीको
रूपनीबजारमा स्कर्टिङमा रहेका सवारीसाधन रोक्ने
प्रयास गरेका थिए । तर, प्रहरीले सप्तरीमा
आन्दोलनको नेतृत्व गरिरहेका संघीय समाजवादीका
जिल्ला अध्यक्ष दिनेश यादवसहित १५ जनालाई पक्रेर
आइतबार बिहान छाडिदिएको छ । ‘हामी
शान्तिपूर्ण आन्दोलनमा थियौँ,’ राजविराजमा
भेटिएका दिनेश यादवले भने, ‘हाम्रो आन्दोलनको रूप
फेरिन्छ । दमन भयो भने प्रतिरोध अनिवार्य छ ।’
मोर्चाका एक नेताका अनुसार आन्दोलन अपेक्षित
उठ्न नसकेकाले राजमार्ग अवरोध गरेर आन्दोलन पनि
उठाउने र राज्यमाथि दबाब पनि सिर्जना गर्ने
रणनीति बनेको हो । ‘राजमार्ग अवरोध गर्दा पक्कै
दमन हुन्छ ।
दमन भयो भने आन्दोलन पनि उठ्छ,’ ती नेताले भने,
‘राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र काठमाडौंमा
रहेको राज्यमाथि दबाब पनि पुग्छ ।’ मोर्चाले धनुषा,
सर्लाही, रौतहटका सरकारी कार्यालयमा मधेस
प्रदेश सरकार लेखिएको बोर्ड झुन्ड्याएको छ ।
मधेसका सबै जिल्लामा मधेस प्रदेश सरकार लेखेको
बोर्ड झुन्ड्याउने तयारी मोर्चाको छ । प्रशासनले
हस्तक्षेप गरे सशक्त प्रतिरोधमा उत्रने तयारी पनि
उनीहरूको छ । ‘हामी मधेस प्रदेश सरकार लेखेको बोर्ड
सबैतिर झुन्ड्याउँछौँ,’ संघीय समाजवादी फोरमका
केन्द्रीय सदस्य राजलाल यादवले भने, ‘त्यसवेला
सरकारले गोली हान्ला, तर हामी गोली खान
तयार छौँ ।’ नयाँ पत्रिका दैनिकमा मनोज
घर्तीमगरले खबर लेखेका छन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved