Home » , » अनन्या इन्डियन आइडल जुनियर

अनन्या इन्डियन आइडल जुनियर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

भाद्र २१, २०७२- इन्डियन आइडल जुनियरको
दोस्रो संस्करणमा अनन्या नन्दा विजेता बनेकी
छन्। मुम्बईमा आइतबार राति आयोजित ग्रान्ड
फिनालेमा भारतीय राज्य उडिसाकी १४ वर्षेले
असमकी नाहिद र चेन्नईकी नित्यश्रीलाई
उछिनेको सञ्चार माध्यमहरूमा उल्लेख छ।
बाल गायन प्रतिभाको खोजी कार्यक्रममा
विजेता बनेबापत अनन्याले सोनी टीभीका
तर्फबाट भारु दस लाख र अन्य प्रायोजकको समेत
गरी लाखौँको पुरस्कार पाएकी छन्। भारतका
विभिन्न सहरमा गरिएका अडिसनबाट छानिँदै,
खारिँदै फाइनल राउन्डमा १३ प्रतिस्पर्धी
पुगेका थिए। उपर्युक्त तीनसहित केरलका
वैष्णवलाई सुरुदेखि नै सम्भावित विजेता मानिँदै
आएको थियो। शनिबारको सेमी फाइनलमा
वैष्णव बाहिरिएपछि ग्रान्ड फिनालेमा तीन
किशोरीबीच भिडन्त भएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved