भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
आषाढको एक शुक्रबार को साँझ बुद्ध चोक बाट
डेरामा फर्कने क्रम मा अलि ढिला भो । घर सम्म पुग्न
लाई माइक्रो, अनि नगर बस सबैको आवात-जावत बन्द
भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने
दुस्साहस मैले गरिनँ । त्यस कारण, ट्याक्सीको
पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती
आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि
मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिले सम्म
एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”
“धेरै टाढा त हैन, लेकसाईड जरेबर सम्म पुग्नु पर्ने थियो
।” जवाफमा उसले भनी ।
उसको मुखबाट जरेबरचोक फुत्कदाँसाथ ममा नजानिदो
उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त
जरेबरचोक नै जान लागेको नी !”
“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो
दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै
जाँदा त ५०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले
खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि
जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेपमा भनी – “कलेज पढ्छु ।”
“कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो ।
उसको सरल जवाफ पाएँ – १२
“केहि जबसब पनि गर्नु हुन्छ कि ?” मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले –
“खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क
मुस्कुराउन पनि बिर्सिने उसले ।
“अनि जरेबरचोक चाँहि किन जान लाग्नु भएको ?” मैले
सोधेँ ।
जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि
जान्न मन लाग्यो त्यस कारण सोधिहालेँ – “को को
बस्नुहुन्छ डेरामा ?”
“म मात्रै !” उसले जवाफ फर्काउदै भनी ।
“साँच्ची काम चाँहि केहि गर्नु हुँदैन ?” फेरि जोड
दिदै सोधेँ ।
“अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ
बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई
बैनीको पढाई खर्च सघाउनलाई सानो काम चाँहि
गर्छु ।” सरसर्ती उसले बताई ।
“सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी,
मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो
त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको
खर्च पु¥याउन सकोस् !
“आई एम अ कर्लगर्ल !” निर्धक्क साथ उसले भनी । अहँ !
ग्लानीबोधको सानो धर्सा पनि उसको मुहारमा
झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।
धेरै बेर चुप लागेर बसेको देखे पछि उसले आफै सोधी –
“विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले
बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने
मान्छेले भन्यो उसकी श्रीमती अचानक माइत बाट
फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले
।”
म फेरि पनि निशब्दः रहेँ । तालचोक बाट ट्याक्सी
हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन –
“ट्याक्सी..”
“दाईको घर नै यता हो र ?” ट्याक्सी भित्र पस्नु
भन्दा अगाडि केहिबेर अगाडि देखि स्थगित
वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न
गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखरा बाहिर
हो ।”
ट्याक्सी चालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँ
सम्म ?”
मैले जवाफ फर्काएँ – “जरेबरचोक !” असहजिलो
तरिकाले उसको दृष्टि मतिर सोझियो ।
ट्याक्सी गुड्दा साथ मलाई उसले मात्र सुन्ने गरेर
सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।
खासमा अघि देखि मलाई खसखस लागेको उसको
कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै
थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि
–“यस्तो गरि रहेकोमा रिग्रेशन हुँदैन हजुरलाई ?” मेरो
छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी –
“ह्वाट द फक रिग्रेशन इज ? अनि मैले किन रिग्रेट फिल
गर्नुप¥यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने
ट्याक्सी चालकले हामी तिर एकदम कुटनैतिक नजर
लगायो । मलाई थोरै असहज महशुस भो ।
“हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । आई एम सरी
ल!” गल्ती गरे पछि म सधैं यस्तै विनित भावमा प्रस्तुत
हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको
क्षण म निकै नै माया लाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले
पनि मेरो टिठ लाग्दो भावलाई देखेरै नै माफ गरेको
हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र
मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन
उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई
रिग्रेशन फिल हुँदैन ?”
केहि बेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्याल
बाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही
एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन
चाहन्नँ ..।
उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि
सानो पार्नु न !” ड्राइभरले त्यसै ग¥यो ।
त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप
बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो
चुपचाप बस्नु भएको ? के भयो ?”
केही नभएको जानकारी दिदै बोली – “हैन केहि
भएको छैन ।”
एक छिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी
– “हजुर म्यारिड हो ?”
मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !”
“गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ
। तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !”
“मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन
महिना मै ब्रेकअप भा’को नी ।”
मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?”
लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ
निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त
जिन्दगी !”
मलाई मन-मनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे
पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र
नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन ।
मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ?
सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ?
नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे
सिनित्त परेकी छे । तर कर्ल गर्ल हो भन्ने सत्य
दिमागमा आउँदा साथ झसंग भएँ ।
जरेबरचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको
भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र,
भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको
हातबाट दुई सय पचास र म बाट पनि उत्तीकै पैसा
समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो ।
ट्याक्सी गई सकेपछि युवतीले मतिर हेर्दै भनी – हतार
छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनु
होला !
मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । डेरा मा गयर
पनि आफैले बनायर खानु पर्ने मान्छे म ठिकै छ जाउ न त
भनेर केही नबोली उसको पछि पछि लागेँ । चोकबाट
५ मिनेट जति पश्चिम तिरको गल्लीमा हिडे पछि
उसको डेरामा पुगियो । बस्तीमा चूक झैं चकमन्न रात
घोप्टिएको थियो । धेरैका घरमा बत्ती निभी
सकेका थिए । उसले कोठाको ताल्चा खोली र
स्वीच अन गरी । इन्भर्टरबाट बलेका मधुरा चिमको
प्रकाशमा उसले भुत्भुतिदै भनी – “लोडसेडिङ छैन भन्नु
त गफै मात्र भो, हल्का हुरी-बतास चल्दा बित्तिकै
बत्ती गैहाल्ने !”
चारतले घरको भुँइतलामा उसले भाडामा दुईवटा
कोठा लिएकी रहिछे । एउटा भान्छा र अर्को
चाँहि सुत्ने कोठा ! भान्छा कोठाको भित्र बाटै
सुत्ने कोठामा जानलाई ढोका रहेछ । कोठा भित्र
छिरे पछि, ऊ चाँहि आफ्नो सुत्ने कोठामा छिर्दै
भनी – “एकछिन पर्खिनुस है, म ड्रेस चेन्ज गरेर आउँछु ।”
मैले स्वीकृति सूचक मुन्टो हल्लाएर “ल, हुन्छ” को
ईशारा गरेँ । ऊ भित्र छिरेको पाँच मिनेटमा नै
म्याक्सी लगाएर भान्छामा आई ।
आउँदा बित्तिकै केहि नसोधी ग्यास चुलोमा दूध
चिया बसाली । अनि मलाई भनी – “पहिले चिया
पिऔं हैं !” मैले नाइँ-नास्ती गरिनँ । हुन्छ को भावमा
मुस्कुराएँ ।
अनि म तिर पुलुक्क हेर्दै उसले भनी –“लौ, चिया हेर्नु है
त, उम्लेला नी ! म बाहिर सरकारी धाराको पानी
लिएर आउँछु ।” ठ्याक्कै मेरो काकी ले काकालाई अ
¥हाए झैं उसले मलाई काम लगाई । मलाई अप्ठेरो
लाग्यो ।
”कति टाइम लाग्ने हो ?” मैले हतास हुँदै भनेँ ।
जवाफ दिदै भनी – “यहि बाहिर के, घरकै कम्पाउन्ड
भित्रै त हो, अहिले दश बजे पछि फेरि पानी बन्द
हुन्छ !” नीलो रंगको एउटा बाल्टीन र तीन वटा
जम्बो कोकको बोतल समातेर ऊ भान्छा बाहिर गई ।
पानी लिएर फर्कन पाँचै मिनेट पनि लागेन उसलाई ।
चिया उम्लेकाले मैले ग्यास चूल्हो बन्द गरि सकेको
थिएँ । “ए, चिया पाकि सक्यो ?” पहिलो खेप
पानी ल्याए पछि उसले भनी । यो पाली चाँहि
आवाज निस्क्यो मेरो, भनेँ – “अँ, पाक्यो !”
“हजुर चिया राख्दै गर्नुस् म पानी लिन आउँछु ।” भन्दै,
ऊ फुत्त बाहिर गई ।
हाम्रो चिया गफ-गाफ शुरु भो । उसले चिया पिउने
क्रममै आलु ताछ्ने र काउली केलाउने काम समेत भ्याई ।
इन्भर्टरको उज्यालोमा उसको मुहार चम्किरहेको मैले
राम्ररी नै देख्न पाएँ । उसले थाहा नपाउने गरी एकटक
मैले उसलाई हेरिरहेँ । बिच-बिचमा उसले मेरा ब्यक्तिगत
कुराहरु सोधी । मैले कुरा नलुकाई खुलस्त पारि दिएँ ।
सोधेकी थिई – घरमा को को हुनुहुन्छ ? भनेँ – सबै
थिय तर अहिले एक्लो छोरो जस्तै हुँ । अनि सोधी
– बुबा आमा के गर्नुहुन्छ ? भनेँ – बुबा आर्कै सन्सार मा
जानुभयको छ , आमा घर मा हुनुहुन्छ । र, उसले
अलिकति असहज लाग्ने कुरो पनि अरी – “हजुर
ब्याचलर मात्र कि भर्जिन पनि ?” उसको यो प्रश्नले
म एकदम सन्न भएँ । झन प्रश्न गरे पछि उसले यति कामुक
तरिकाले आँखा सन्काई कि लाग्यो – केहि नसोचेर
गर्लम्मै अङगालो हालूँ ! मैले केहि पनि बोलिनँ, र उसले
पनि फेरि दोहो¥याएर सोधीने । गधा पच्चिसे
काट्दै गरेको लक्का जवानले अझै भर्जिनिटी
गुमाएको छैन भन्नु, न उसले पत्याउने कुरो थियो न मेरो
लागि खास गर्व गर्न लायकको कुरो नै । मनमन पनि
यस्तो पनि लाग्यो – मोरीले फेरि नपुङ्शक ठानेर
खाना पनि नखुवाई घर पठाउली ! त्यस कारण पनि
मैले चुपचाप बस्नु मै उचीत ठानेँ ।
भात पाक्दै गरेको प्रेसरको सिठ्ठी बज्ने र बत्ति आउने
एकै पटक भो । देखेँ, उसले आलु र काउली भुट्दै थिई । मैले
मोबाईलमा समय हेरेँ । साढे दश बज्दै थियो । मैले
टाइम हेरेको पत्तो पाईछ उसले जिस्किदै भनी –
“ओहो, किन यस्तो अतालिनु भएको हो ? खाना
पाक्दै छ, एकछिन नआत्तिनुस् !” मैले त चाहेको थिएँ,
भनोस –“आज यतै बसे भैहाल्यो नी भोली बिहानै
जानुहोला ।”
उसले गोलभेडाको चटनी पनि बनाई । उसको
भर्भराउँदो वैंश भन्दा कमको देखिएन चटनी । मलाई
चखाई पनि । चाखेको स्वादिलो रहिछ ! केहि
बेरपछि खाना पस्की दुवै जनालाई, दाल चाँहि
बिहानको थियो र उसले तताएकी पनि थिई । उसले
तयार पारेको खानाको पहिलो गाँस मुखमा पु
¥याउँदै थिएँ, ऊ केही सम्झे झैं गरी, ग्यास चूल्होबाट
बायाँ पट्टि तीन हातपरको सानो दराज राखेको
ठाउँमा पुगी अनि दराज खोली ।
“साँच्ची गाउँ बाट पठाएको घिउ पनि छ,
खानुहोला नी ?” दराज बाट सेतो शिशाको बोतल
भरी राखेको घिउ झिकी ।
घिउसँग भात म नकार्नै सक्दिनँ । भनेँ – “भात सँग घिउ
पाए पछि कसले नखाला?”
मेरो थालमा दुई चम्ची घिउ थप्दै गर्दा उसले
जिस्किएरै भनी – “हजुर जस्ताले घिउ खाएर के गर्नु,
बिनासित्ती चड्डीको विजोग !” उसको उत्ताउलो
पनले मलाई निस्तेज पारि सकेको थियो ।
प्रतिक्रिया दिन खोज्दै थिएँ, भातको गाँस
सड्कियो । उसले अतालिदै पानी दिई । मैले घटघटी
पिउन थाले । सोच्दै – “पाएँ भने तेरो उन्मत्त योवन म
यसैगरी घटघटी पिउँछु ।”
खाना खाए पछि आफूले खाना खाएको थाल आफै
माझेँ । भन्न त भनेकी थिई – “ह्या, हजुर पनि कस्तो
केटीजस्तो ? त्यही राख्नुस् म माझि हाल्छु नी !” मैले
मानिनँ ।
ऊ खाना खादै थिई । मोबाइल हेरेको १२ बज्न १०
मिनेट बाँकी थियो ।
“ओहो, १२ पो बज्न लागेछ ।” लामो सुस्केरा फेरेर मैले
भनेँ –“लौ, हजुर लाई मीठो खाना ख्वाउनु भएकोमा
धन्यवाद, म डेरा तिर हिडेँ अब ।”
“भो भयो यति राती के घरमा जानुहुन्छ ? आज यतै
बस्नुस, हजुर खाटमा सुत्नुहोला म भुँइमा सुत्छु ।”
अन्तिम गाँस चपाएर निले पछि उसले यो पनि भनी –
कि गल्लीमा लागूपदार्थ सेवनको दुव्र्यसनमा फसेका
टन्नै अल्लारे केटाहरु हुन्छन, र राती हिड्ने बटुवाहरुलाई
पिट्ने अनि लुट्ने काम गर्छन ।
अब भने मेरो मुटुमा ढ्याङग्रो बज्न थाल्यो । उसको
प्रस्तावलाई सहर्ष स्वीकार गर्दै भनेँ, “लौ उसो भए
मलाई भोली बिहानै उठाई दिनु पर्छ नी फेरि, हैं ?”
उसले खिस्स हाँसी । र, मैले पनि मुस्कुराउन बिर्सिनँ ।
के के कुरा गर्दा गर्दै रातीको सबा एक बजेको पत्तै
पाइँन । उसले आफ्ना संघर्षका थुप्रै कथाहरु सुनाई ।
घरमा आय श्रोत नहुँदा आफ्नी विधुवी आमाले झेल्नु
परेको आर्थिक कठिनाईका बारेमा पनि सुनाई । र,
मर्माहत कुरो त आफ्नो यौन प्यास मेटाएर दशमा पढ्दै
गर्दा आफ्नो केटा साथीले आफूलाई कसरी धोखा
दियो भन्ने पनि बताई ।
उसले भनी – “सब साला लोग्ने मान्छेहरु सेलफिस छन
यहाँ । उनीहरुलाई प्रेम गर्नै आउँदैन । प्रेमको नाममा
आफ्नो वासनालाई शान्त पार्न केटीको साथ
खोज्छन् ।”
मैले प्रतिकार गरेँ – “हेर सबैजना उस्तै हुँदैनन् । यसरी
एउटा केटा मान्छेको गल्तीको दोष सबै केटा
मान्छेहरुलाई लगाउन मिल्दैन । र, केटीहरु पनि सबैले
निस्वार्थः प्रेम गरेका हुँदैनन् ।” उसले मेरो कुरा मान्दै
मानिने, भनी – “हजुर जे भन्नुस, तर केटाहरु भनेका
यौनका भोखाहरु नै हुन् । उनीहरु प्रेममा हैन यौनको
भोकमा विश्वास गर्दछन् । सेक्स विनाको प्रेम
इमाजिन पनि गर्न सक्दैनन”'
अब चाँहि मैले केहि बोलिनँ । ऊ भुँइमा विछ्यौना
बनाउँदै थिई । मैले मेरो ल्यापटप खोलेँ र वल्र्डलिङ्कको
मेरो वाईफाईबाट नेट सर्फिङ गर्न थालेँ । बिछ्यौना
मिलाई सकेपछि ऊ मसँगैको खाटमा बस्न आई र अनुरोध
गरी – “नेट कनेक्सन छ भने दिनुन, कत्ति भो साइबर गएर
फेसबुक नचलाएको । यो मोबाइलमा भने जस्तो मजै नहुने
। अनि साँच्ची हामी पनि फेसबुकमा साथी बनौं न
।”
मैले फेरि पनि नाइँनास्ती गरिनँ । बरु, आग्रह गरेँ –
“लौ यति राम्री मान्छेको फेसबुकमा राखेको
फोटोहरु पनि हेरौँ न त !” ऊ लजाए झैँ गरी ।
सत्तरी जना जति साथी रहिछन् उसका । भनी – “म
हत्तपत्त फेसबुकमा कसैलाई पनि साथी बनाउँदिन । धेरै
कम मान्छेहरुले मात्र मेरो व्यक्तिगत जीवनशैली जानुन,
बुझुन भन्ने लाग्छ ।”
सात सय भन्दा बढी फेसबुक साथी भएको मैले उसको
कुरामा सही थापेँ – “हो नी तर के गर्नु मेरो त चिन्दै
नचिनेका पनि साथी छन् फेसबुकमा ।”
सेतीको बगरमा उसकी अर्की साथीसँग पानीमा
लुछुप्पै भिजेको तस्वीर डिस्प्ले भैरहेथ्यो, स्क्रीनमा ।
ऊ नीलो जिन्स र खैरो टिसर्टमा थिई । उसका
उदात्त वक्ष पानीले भिज्दा अझ अरु आकर्षक देखिए,
मेरा आँखा अकस्मात मेरो छेउमै टाँसिएर बसेकी उसको
छातीमा पुगे । असहज मान्दै उसले भनी – “छ्या ! के
हेर्नुभएको ?”
मलाई फेसबुकमा मित्रता अनुरोध पठाउनु भन्दा पहिले
उसले आफ्ना पचास भन्दा बढि तस्वीरहरु देखाई –
कुर्ता सलबार लगाएका, नभ नछोप्ने गरी साडी र
ब्लाउजमा सुट गरिएका तस्बिर, अनि पानीमा
भिजेका तस्वीरहरु पनि ।
उसका झण्डै पाँच दर्जन जति तस्वीर हेरे पछि, मैले
सुझाएँ – “हैन, तिमी त मोडल बन्ने खाले केटी
रहिछ्यौ । मोडलिङमा ट्राइ गर्दा हुन्छ नी !” उसले
केही पनि बोलिने । मैले केही साहसका साथ आफ्ना
तस्बीरमा ब्यक्त गरिएका प्रतिक्रियाहरु हेर्दै गरेकी
उसको गाला मुसारिदिदै फेरि भनेँ – “हैन, तिमीलाई
मेरो कुरा मन परेन ?” ऊ लाजले थोरै राती हुन थाली
। मैले चाँहि आफू भित्रै देखि फुल्दै आएजस्तो महशुस गरेँ ।
उसले असहमती जनाई – “मोडलिङ मन पर्दैन मलाई !”
“ए !” मैले निराश हुँदै भनेँ ।
मैले फेरि मोबाईलामा नजर पु¥याएँ । २ बजिसकेको
थियो । भनँे – “हैन, अब त सुत्नुपर्ला !”
“भोली शनिबार के काम छ र हजुरको ? किन आत्तिनु
भएको हजुर सुत्नलाई ?” बेसरम उसले भनी । मैले जवाफ
फर्काइनँ । एकछिन पछि ऊ आफैले बोली – “सुन्नु न
साँच्ची, मेरो साथीले भनेकी इन्टरनेटमा त केके हेर्न
मिल्छ रे नी है ? हेरुम न हामी पनि ।”
“खै, मैले पनि हेरेको छैन तर हेर्न चाँहि मिल्छ ।” एकदम
भलादमी हुँदै मैले जवाफ दिएँ । उसले उत्सुक हुँदै ल्यापटप
मलाई थमाई । मैले गुगल गरेँ । लाखौं भिडियोका
लिङ्कहरु भेटिए । त्यस मध्ये उसले भर्खरै लिक भएको
नेपाली चलचित्रकी एक सुन्दर नायिकाको सेक्स टेप
हेर्न चाहना गरी । मैले त्यही भिडीयो खोलि दिएँ ।
उसले खुब चाख पुर्वक भिडियो हेर्न लागी ।
पिसाबले निकै चापेकाले मैले सोधेँ – “ट्वाइलेट कता
छ ?”
“यसो आँखा लगाउनु न ऊ त्यही कुनामा छ त । यो
एट्याच रुम हो ।” अझ झन मलाई बिल्लाउँदै भनी –
“पिसाव लाग्यो कि ...?” म चर्पीको ढोकामा
नपुगिन्जेल उसको हाँसो थामिएन ।'
म चर्पीबाट बाहिर निस्केपछि उसले बत्ती निभाउन
अ¥हाई । मैले सोही बमोजिम गरेँ । ल्यापटपको
स्क्रिनमा चर्चीत नायिकाको एकदम नीजि
कार्यालापहरु चलायमान भैरहेथे । उसले खुब सन्तुष्टि
मानेर हेर्दै थिई । मैले पनि उसँगै हेरेँ । स्क्रिनमा त्यो
दृश्य चलिरहँदा त्यसको प्रभाव विस्तारै जरेबरचोकसम्म
आईपुग्यो । ५ मिनेटको गल्ली हुँदै त्यो भान्छा अनि
हामी दुई जवान युवायुवती बसेको ठाउँसम्म आईपुग्यो
।
बिहान उठ्दा ल्यापटप हिजो राती उसले भुँइमा
बनाएको विछ्यौनामा थियो । अनि ऊ र म चाँहि
मलाई बनाएको विस्तरामा ।
0 comments:
Post a Comment