Home » » विदेश भाग्न खोज्नेहरुलाई ‘बाइबाइ’

विदेश भाग्न खोज्नेहरुलाई ‘बाइबाइ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, भदौ २२ । सामान्य प्रशासन मन्त्री
लालबावु पण्डितले इमान्दार भएर मुलुक निर्माणमा
लाग्न आग्रह गरेका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा उनले नेपालीहरु
आफ्नो कामप्रति लगनशील र इमान्दार नभएको बताए

मन्त्री पण्डितले दण्डहीनताको अन्त्य गरी
अपराधीलाई ठीक लगाएपछि मात्र मुलुक अगाडि
बढ्ने भन्दै राजनीति गर्ने व्यक्तिले डिभी, पिआर लिन
नपाउने व्यवस्था गर्न आफू लागेकाले त्यसमा साथ दिन
आग्रह पनि गरे ।
केही व्यक्ति स्वदेशमा बसौं की विदेश भागौं भन्ने
दोधारमा रहेकाले भाग्न खोज्नेहरुलाई ‘बाइबाइ’
गर्नुको विकल्प नभएको पण्डितको तर्क छ ।
मन्त्री पण्डितले कटाक्ष गर्दै शरीर नेपालमा नहुनेहरुले
नेपालको नागरिकता लिएर मात्र केही गर्न नसक्ने
भन्दै भाग्नेहरु भागेपछि नेपालमा रहनेहरुले मुुलुक
निर्माणमा लाग्नुपर्ने बताए ।
मन्त्री पण्डितले अहिले केही शक्ति जातजाति र
पहिचानका नाममा संविधान बन्न नदिने षड्यन्त्रमा
लागेको आरोप लगाए ।
उनले नेपाल र नेपालीको पहिचान वीर गोर्खाली र
गौतम बुद्धले दिइसकेको बताए । कार्यक्रममा विभिन्न
क्षेत्रमा योगदान पुर्याउने विद्यार्थी सम्मानित भए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved