Home » » आजको राशिफल हेर्नुहोस्

आजको राशिफल हेर्नुहोस्

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वि.सं. २०७२ साल भदौ १८ गते। शुक्रबार। इश्वी सन् २०१५ सेप्टेम्बर ४ तारिख।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesभेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको भर नपर्नुहोला। सहयोग वा उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी होला। हिम्मतले काम लिन नसक्दा पछि परिएला। नियमित काम भने सम्पादन हुनेछन्। बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्न सक्छ। विवादबाट टाढै रहनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यावसायिक काममा लगानीको समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट लाभ उठ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनुका साथै हातमा आएको प्रतिफल गुम्न सक्छ। खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ने देखिन्छ। काममा समेत व्यवधानको समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। अपराह्नदेखि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। परिवारजनबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। टाढाका साथीभाइ नजिकिनेछन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। अपराह्नदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै अवसर हात पार्न सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्तसँग असमझदारी बढ्न सक्छ। पतिपत्नीमा पनि अविश्वास बढ्न सक्छ। केही बाध्यताका काममा अलमलिनुपर्ला। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा भने धनमाल हराउन सक्छ, सचेत रहनुहोला। अपराह्नदेखि आस मारेको फल पुनः प्राप्त हुन सक्छ। सहयोगीका माध्यमले नसोचेको धन लाभ हुन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती आउलान्। मध्याह्नपछि व्यापारमा मनग्य लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। प्रियजनसँगको भेटघाटले समय मनोरञ्जनपूर्ण रहनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। मध्याह्नपछि अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। लगनशील हुनुहोला, बिस्तारै काम सम्पादन हुनेछन्। व्यवसायमा राम्रै फाइदा हुनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। मध्याह्नपछि परिस्थिति अप्ठ्यारो देखिए पनि आँटेको काम बन्नेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। मध्याह्नपछि प्रतिस्पर्धा बढ्न सक्छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिएला।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved