भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १८ भदौ ।
उद्योगमन्त्री महेश बस्नेतले सेनालाई तत्काल
ब्यारेकमा फर्काउने सरकारको योजना नरहेको
बताएका छन् । रिपोर्टस क्लबले विहिवार
काठमाडौमा गरेको साक्षात्कारमा उद्योगमन्त्री
बस्नेतले आन्दोलनका नाममा अराजक गतिविधि र
तोडफोड हुन नदिनका लागि सरकारले दंगाग्रस्त क्षेत्र
घोषणा गरेर सेना परिचालन गरको भन्दै
आन्दोलनकारीको सर्त स्वीकार गर्ने नाममा
सेनालाई ब्यारेकमा फिर्ता नबोलाउने स्पष्ट पारे ।
आन्दोलनरत मधेशवादी दल र थरुहट संयुक्त संघर्ष
समितिले सेनालाई ब्यारेकमा फर्काउनुपर्ने विषयलाई
वार्ताको मुख्य सर्त बनाइरहेका बेला उनले सरकारले
विचार गरेर नै सेना परिचालन गरेको उल्लेख गर्दै
स्थिति पूर्ण रुपमा साम्य भएपछि मात्र सेनालाई
ब्यारेकमा फिर्ता गरिने बताए ।
साक्षात्कारमा उद्योगमन्त्री बस्नेतले उद्योगी
व्यवसायीहरुले उद्योगधन्दा ठप्प पार्नुपर्ने गरी
आन्दोलन नभएको भन्दै उद्योग संचालन गर्न चाहने
व्यवसायीलाई सरकारले सुरक्षाको ग्यारेण्टी गर्ने
बताए ।
साक्षात्कारमा नेपाल उद्योग वाणिज्य महासंघका
उपाध्यक्ष किशोर प्रधान र नेपाल चेम्बर अफ कमर्सका
महासचिव कमलेशकुमार अग्रवालले मधेशका जिल्ला
तीन साता बन्द हुँदा उद्योगी व्यवसायीहरुले ठूलो
क्षति सहनुपरे पनि बन्द खुलाउन पहल नगरेको भन्दै
सरकारमाथि रोष प्रकट गरेका थिए ।
0 comments:
Post a Comment