Home » » पर्सा जिल्ला दंगाग्रस्त क्षेत्र घोषणा, आजै सेना परिचालन हुने....

पर्सा जिल्ला दंगाग्रस्त क्षेत्र घोषणा, आजै सेना परिचालन हुने....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

वीरगञ्ज, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाको प्रदर्शनले उग्र रुप लिएपछि पर्सा
जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासनको आग्रहमा दंगाग्रस्त क्षेत्रमा अब
सुरक्षाका लागि सेना परिचालन हुनेछ । आन्दोलन
हिसात्मक बनेपछि पर्सालाई मंगलबार दिउँसोबाट
दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
यसअघि स्थानीय प्रशासनले सोमबार मोर्चाको
प्रदर्शन नियन्त्रणमा लिन कर्फ्यू लगाएको थियो ।
कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रहरीको विट जलाउन
खोज्दा सोमबार साँझ प्रहरीको गोली लागेर एक
जनाको मृत्यु भएको थियो ।
मंगलबार पनि कर्फ्यू उल्लङघन गर्दै आन्दोलनकारी
प्रदर्शनमा उत्रिएपछि थप तीन जनाको मृत्यु भएको छ
। अहिले पनि वीरगञ्ज तनावग्रस्त छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved