Home » » काठमाडौंमा पनि निषेधित क्षेत्र घोषणा कुन-कुन ठाउँमा बढ्यो सुरक्षाकर्मीको निगरानी ?

काठमाडौंमा पनि निषेधित क्षेत्र घोषणा कुन-कुन ठाउँमा बढ्यो सुरक्षाकर्मीको निगरानी ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १५ भदौ । आफ्नो अधिकारको माग
राख्दै तराईमा चर्किरहेको आन्दोलन र हिंसात्मक
गतिविधीलाई मध्यनजर गर्दै काठमाडौंमा पनि
सतर्कता अपनाइएको छ ।
सुरक्षा संवेदनशीलतालाई भन्दै जिल्ला प्रशासन
कार्यालय काठमाडौंले प्रधानमन्त्री निवास
बालुवाटार र राष्ट्रपतिको शीतलनिवास र
आसपासका थप स्थानलाई निषेधित क्षेत्र घोषणा
गरेको हो ।
घोषणा गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू
भएको छ । उक्त क्षेत्रमा नारा, जुलुस, प्रदर्शन सभा
सम्मेलन केही पनि गर्न पाइनेछैन् । प्रशासन
कार्यालयका अनुसार राष्ट्रपति कार्यालय
शीतलनिवास कम्पाउण्डको उत्तरतर्फ ५० मिटर तथा
दक्षिणतर्फ पानीपोखरी जाने नेपाल प्रहरीको २
नम्बर गण जाने बाटोसम्म निषेधित तोकिएको छ ।
उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र
सभामुख निवास आसपासमा पनि निषेधित लागू
गरिएको छ । संविधानसभा भवन बानेश्वरको
दक्षिणतर्फ पूर्वी कुना, दक्षिणमा मीनभवन क्याम्पस
जाने बाटोको पश्चिम कुनादेखि पश्चिममा बानेश्वर
चोकबाट ७५ मिटर पश्चिमको सडकसम्म निषेधित
तोकिएको छ ।
पश्चिमतर्फ थापा गाउँ जाने बाटोको दक्षिण
किनारादेखि नयाँ बानेश्वर चोकसम्म पनि निषेधित
क्षेत्र तोकिएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैगरी भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याण्डको
पूर्वी कुनादेखि पूर्व सिंहदरबार मूलगेटसम्म, मूलगेट
अगाडिदेखि पद्मोदय माविको मोडसम्म, मूलगेट
अगाडिदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र
बबरमहलस्थित जिल्ला अदालत प्रवेश मार्ग हुँदै
जिल्ला प्रशासन कार्यालय, हनुमान मन्दिर क्षेत्रमा
पनि निषेधित घोषणा गरिएको छ ।
माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै
हनुमानस्थानसम्म पनि निषेधित क्षेत्र तोकिएको
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको
छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी
शरदकुमार पोखेरलले ‘निषेधित क्षेत्रमा जुलस, धर्ना,
हुलदंगा गर्न नपाईने र त्यसो गरेमा सुरक्षाकर्मीले बल
प्रयोग गर्ने जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved