Home » » आन्दोनकारीलाई गृहमन्त्री गौतमको कडा चेतावनी-‘अब हामी चुप लागेर बस्दैनौं’

आन्दोनकारीलाई गृहमन्त्री गौतमको कडा चेतावनी-‘अब हामी चुप लागेर बस्दैनौं’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, १७ भदौ । उपप्रधान तथा गृहमन्त्री
वामदेव गौतमले आन्दोलनका नाममा सुरक्षाकर्मीमाथि
आक्रमण
गर्नेलाई कारवाही हुने बताउनुभएको छ । शीर्ष चार
दलको बैठकबाट बाहिरिँदै गृहमन्त्री गौतमले
आन्दोलनका जायज माग पुरा गर्न सरकार तयार
रहेको बताउँदै आन्दोलनका नाममा
सुरक्षाकर्मीमाथि आक्रमण गर्नेलाई सरकार टुलुटुलु हेरेर
चुपचाप नबस्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो-‘आन्दोलनरत पक्षका मागहरु पूरा गर्न
सरकार तयार छ, वार्ताका लागि टेबुलमा आउनुप
¥यो, सडकमा उत्रिएर आन्दोलनका नाममा
सुरक्षाकर्मीमाथि आक्रमण गरेर हुँदैन्, त्यस्तो कार्य
गर्दा सरकार चुप लागेर बस्दैन् ।’
गृहमन्त्री गौतमले तराईमा केही तत्वले प्रहरीमाथि
नियोजित रुपमा आक्रमण गर्ने योजना बनाएको भन्दै
त्यसको सूचना आफूलाई प्राप्त भएको बताउनुभयो ।
‘तराईमा केही समुहले प्रहरीमाथि आक्रमण गर्ने
योजना बनाएका छन् तर, अब सरकार चुप लागेर बस्दैन्
।’
उहाँले तराईको सुरक्षाका लागि सरकारले विशेष
ध्यान दिएको समेत बताउनुभयो । आन्दोलनका
नाममा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने एक/दुई जनाले
मुडभेडमा ज्यान गुमाएको बताउँदै त्यस्तो गतिविधी
गर्ने जोसुकैलाई पनि सुरक्षाकर्मीले कारवाही गर्ने
चेतावनी दिनुभयो । उहाँले मधेसी मोर्चाका मागहरु
पुरा भइसकेको र कार्यान्वयन हुन मात्रै बाँकी रहेको
बताउनुभयो ।
जनताको रगतमा संविधान बनाउने भन्ने
सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गौतमले
भन्नुभयो-‘जनताको रगतबाट होइन्, आन्दोलनको
रवाफले हैन, जनताको पसिनाबाट संविधान बन्छ ।’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved