भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भाद्र १७, २०७२- गत भदौ ७ गते टीकापुरमा मारिएका
एसएसपीसहित ६ जना प्रहरीका परिवारलाई नेपाल
प्रहरीले १०–१० लाख रुपैयाँ दिने भएको छ ।
प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमका अनुसार
प्रहरी संगठनले आफ्ना अधिकृत र सिपाहीका
परिवारलाई यो रकम दिने निर्णय गरेको बताए ।
टीकापुरमा थरुहट आन्दोलनका क्रममा आक्रमण हुँदा
नेपाल प्रहरीका ६ र सशस्त्र प्रहरीका २ जनाको मृत्यु
भएको थियो । टीकापुर घटनामा नेपाल प्रहरीका
एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टर बलराम विष्ट र
केशवराज बोहोरा, हवल्दार जनक नेगी तथा
सिपाहीहरु लोकेन्द्र चन्द र लक्ष्मण खड्काको
मारिएका थिए ।
मारिएका सबैको एक पद बढुवा गर्ने निर्णय
मन्त्रिपरिषद्ले यसअघि नै गरेको छ ।
0 comments:
Post a Comment