भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । झेली नामक चलचित्रबाट नेपाली
रजतपटमा देखिएकी नायिका सुरविना कार्की अझै
पनि गुमनाम नै छिन् । त्यसपछि अर्यानसँग नाइकेमा
देखा परे पनि उनीमाथि न दर्शकको नजर पर्न सक्यो न
त निर्माता निर्देशककै । त्यसैले आफ्नो
पब्लिसिटीका लागि उनले अर्कै विकल्प अपनाएकी
छिन् । काम नपाएपछि निस्केको फुर्सदको समय
सदुपयोग स्वरुप उनले आफ्ना आकर्षक फोटोहरु
सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै सयौं
लाइक्सहरु बटुल्नुलाई दैनिकी बनाइरहेकी छिन् ।
फोटो हेरेर आउँने लाइक्स र कमेन्टलाई आफ्नो अमूल्य
कमाइ सम्झेर सुरविना दंग हुँदै आएकी छिन् ।
पछिल्लो समय उनले फिल्म ‘लुकामारी’मा अभिनय
गरिरहेकी छिन् । सुरविनाले फिल्मको मुहुर्तदेखि
दैनिक भैरहेका छायांकनको फोटो फेसबुकमा हालेर
आफूले काम गरिरहेको जानकारी दिइरहेका छन् । उनले
अपलोड गरेका फोटोहरु हेरेपछि फिल्म भित्र सुरविना
विवाहित हुन्छिन् भन्ने जान्नका लागि दर्शकलाई
हलसम्म जानुपर्दैन । यसले फिल्मको सस्पेन्स पहिले नै
खोलिएपछि निर्मातालाई हुनसम्मको टेन्सन भएको छ
।
0 comments:
Post a Comment