Home » » गरीखान नदिए बन्दकर्ता लखेटछौ : ब्यापारी

गरीखान नदिए बन्दकर्ता लखेटछौ : ब्यापारी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


इटहरीमा बन्द बिरुद्ध ब्यापारी सडकमा
६ असोज – नेपालमा जारी संबिधानको बिरोधमा
उत्रिएका लिम्बुवान संघर्ष समिति सहित ३३ दलीय
मोर्चाले आवहान गरेको अनिश्चितकालिन आम हडतालको चौथो दिन बुधबार पूर्वको केन्द्र इटहरीमा
ब्यापारीहरुले स्वर्तफुर्त प्रतिकार
गरी आ आफनो ब्यापार सञ्चालन गरेका छन ।
बुधबार इटहरीको मुख्य चौकमा भेला भएका बन्दकर्ता
लिम्बुवान सहितका कार्यकर्ताहरुले खुलेका पशलहरु
जबरजस्ति बन्द गराउदै हिडेपछि एकै ठाउमा भेला
भएका ब्यापारीहरुले बन्दकर्ता बिरुद्ध खनीएपछि
इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।
इलाका प्रहरी कार्यालय इटहरी , उद्योग बाणिज्य
संघ इटहरीले बन्दकर्ता बिरुद्ध आक्रोसित बनेका
ब्यापारीहरुलाई आ आफनो पशल सञ्चालन गर्न र
प्रहरीले शुरक्षा दिने प्रतिबद्धता जाहेर गरेपछि
ब्यापारीहरुले आ आफनो पशल सञ्चालनमा ल्याएका
छन । इटहरीको मुख्य चौकमा भेला भएका ब्यापारीहरुले आफनो क्षेत्रमा रहेका बन्दकर्ताहरुलाई
लेखेटने योजना बनाएका थिए भने बन्दकर्ता लिम्बुवान कार्यकर्ता र इटहरीका ब्यापारीबिच
पटक पटक मुठभेडको स्थिती देखिएको थियो ।
बन्दकर्ताहरुले चौकमा राखेको माइकिङ , कालो
झण्डा , ब्यानर , लाठी लगायत सडक बन्द गर्न
टागिएको रसी समेत प्रहरीले खोसेर लगेपछि भिड
केही साम्य बनेको थियो ।
पटक पटकको बन्दबाट अक्रान्त बनेका ब्यापारीहरुले
इटहरीको मुख्य चौकमा भेला भई बन्दकर्ता बिरुद्ध
चर्को नाराबाजी लगाएका थिए । ब्यापारीहरुले
गरीखान नदिए बन्दकर्ताहरुलाई इटहरीबाट लखेटने
चेतावनी दिदै आएका छन । ब्यापारी पक्ष र
बन्दकर्ताहरु बिच मुठभेडको सम्भावना बढेपछि हाल
इटहरी क्षेत्रमा बाक्लो रुपमा प्रहरी र सशस्त्र प्रहरी
परिचालन गरीएको छ । यता बन्दको बेला
इटहरीमा सहजता अपनाउन इलाका प्रहरी कार्यालय
इटहरीका प्रहरी प्रमुख डिएसपी ओमप्रशाद अधिकारीको नेतृत्वमा प्रहरी कार्यालय परिषरमा
ब्यापार ब्यवसाय खुलाउने बिषयमा छलफल
चलिरहेको छ । उक्त छलफलमा उद्योग वाणिज्य संघ
इटहरीका अध्यक्ष रोहित प्रशाई , बन्दकर्ताहरुको
तर्फबाट लिम्बुवानका गजेन्द्र शुब्बा , पदम अधिकारी
लगायत सहभागी रहेका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved