Home » » कोरियामा ४ जना नेपाली पक्राउ....

कोरियामा ४ जना नेपाली पक्राउ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र २२, २०७२- दक्षिण कोरियाको थेगु सहर
क्षेत्रबाट अवैधानिक रुपमा बसाेबास गरेका नेपाली
सहित १३ विदेशी कामदार पक्राउ परेका छन् ।
सोमबार दिउँसो ३.३० बजे कोरियाली अध्यागमन
विभागका कर्मचारीले सन्जु बसपार्क नजिकै रहेको
केसी टेक नामक सिएनसी कम्पनिमा काम गरिरहेको
अवस्थामा उनीहरुलाई पक्राउ गरेका गरेको हो ।
पक्राउ पर्नेमध्ये ४ जना नेपाली कामदार रहेका छन् ।
त्यस्तै ४ जना भियतनामी र ५ जना चिनियाँ
कामदार रहेका छन । नेपाली कामदारहरु उक्त
कम्पनीमा केहि हप्ता अघिमात्र आएको त्यस क्षेत्रमा
काम गरिरहेका एक नेपालीले जानकारी दिए । ती
नेपालीका अनुसार अध्यागमन विभागका
कर्मचारीहरु एकै चोटी कम्पनीमा प्रवेश गरेर धडपकड सुरु
गरेको थिए ।
कम्पनीमा धडपकड भएपछि रात्रीकालीन काम गरेर
सुतिरहेका अन्य कामदारबीच भागाभाग भएको
थियो । यसअघि गत अगस्ट १२ तारिखमा पनि त्यस
क्षेत्रमा डाइकस्टिङ कम्पनी काम गरिरहेका ३
महिला र ४ पुरुष गरि ७ नेपाली कामदार पक्राउ
परेका थिए ।
कोरियामा अन्य देशको तुलनामा नेपाली
अबैधानिक कामदार न्यून रहेको छ । पछिल्लो चरणमा
भने भिसा अवधि सकेर अबैधानिक बस्ने नेपाली
कामदारको संख्या बढ्दो छ । हालसम्म कतिको
संख्या अवैधानिक बसेका छन् भने तथ्यांक नभए पनि
करिब २ हजार नेपाली अवैधानिक रहेको अनुमान
गरिएको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved