Home » » अस्पतालभित्रै प्रहरीले गोली चलायो, तीनजना घाइते....

अस्पतालभित्रै प्रहरीले गोली चलायो, तीनजना घाइते....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


वीरगन्ज, भदौ १५ । पर्साको वीरगन्जमा मंगलबार
बिहानैदेखि तनाव जारी छ ।
प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालभित्रै प्रवेश
गरी गोली चलाएको छ । करको समयमा अस्पताल
परिसरमा भीड भएको भन्दै प्रहरीले तीन राउन्ड
रबरका गोली प्रहार गरेको हो । गोली लागेर
अस्पतालमा रहेका तीनजना घाइते भएका छन् ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय
प्रशासनले
वीरगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा
सोमबार दिउँसो ४ बजेबाट लगाएको कर्फ्यु मंगलबार
पनि जारी राखेको छ । तर, आन्दोलनकारीले
कर्फ्युको अवज्ञा गरेको भन्दै प्रदर्शन सुरु गरेपछि झडप
भएको हो ।
आन्दोलनकारीले बिहानै पर्साको गन्डकचोक,
लुचुमनवा चोक, मुर्ली, छपकैंयालगायतका स्थानमा
प्रदर्शन गरेका छन् ।
यसअघि, सोमबार भएको प्रदर्शनमा एकजनाको मृत्यु
हुनुका साथै २३ जना आन्दोलनकारी घाइते भएका
थिए । वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी
तैनाथ गरिएको छ ।
यसअघि, कर्फ्युकै समयमा सोमबार राति पनि
आन्दोलनकारीले वीरगन्जका विभिन्न स्थानमा
प्रदर्शन गरेका थिए ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved