भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
१५ भदौ, काठमाडौं ।
केही समय अघि एमाओवादी अध्यक्षका प्रचण्डलाई
हत्या गर्नु पर्ने अभिब्यक्ति दिएर गृहमन्त्रालयको समेत
ध्यान तानेका विवादास्पद जनजाति अभियान्ता
आङकाजी शेर्पाले गृहमन्त्री बामदेव गौतमलाई मृत्यु
दण्ड दिने घोषणा गरेका छन् ।
मनलाग्दी बोल्ने गरेका आङकाजीले प्रतिगामी
संविधान बनाउनेहरुलाई संविधानसभा भित्र जलाउने
र थारुलाई गोली हान्ने आदेश दिने वामदेवलाई
मृत्युदण्ड दिने चेतावनी दिएका हुन् ।
यसैगरी उनले बाहुनका शालिकहरु तोड्ने अभियान शुरु
भएको भन्दै तस्विर समेत सार्वजनिक गरेका छन् ।केही
दिन अघि मात्र आङकाजीले केपी ओली र बामदेव
गौतममाथि ९ आरोप सार्वजनिक गरेर चेतावनी
दिएका थिए ।
उनले केपी ओली र बामदेव गौतमले आदिवासी
जनजाति, मधेसी नेताहरुलाई गिरफतार गर्ने तयारी र
सादा पोषकमा प्रहरी खटाएर ईनकाउण्टर गराएर
हत्या गर्ने विशेष योजना बनाएको, थारु, मधेसी र
आदिवासीहरु आतङकारी देशद्रोही हुन गोली ठोकेर
मार्न वामदेव गौतमलाई के पी ओलीले आदेश दिएको,
थारु जातीका प्रहरी, सत्रशस्त्र प्रहरी तथा
सेनहरुलाई कैलाली र तराइमा नखटाउन सुरक्ष
परिषदको गोप्य आदेश दिएको लगायतका आरोप
लगाएका थिए ।
त्यसैगरी उनले विभिन्न सञ्चार माध्यमलाई
पहिचानविरोधी सञ्चार माध्यमको सज्ञा दिँदै
उनकै शब्दमा ‘पहिचान विरोधी सञ्चार माध्यम
कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई थारु,
आदिवासी, मधेसीका आन्दोलनलाई बदनाम गराउने
भ्रमित समचार सम्प्रेषण गर्न राजवादी शक्ति
केन्द्रबाट करोडौ रकम वितरण गरिएको आरोप समेत
लगाएका थिए ।
करिव २ महिना अघि शेर्पाले प्रचण्ड जीवित रहनु १३
हजार सहिदको अपमान भएको विषयमा आफ्नो फेसबुक
पेजमा स्टाटस लेख्दै १३ हजार नेपाली जनताको
हत्यारा प्रचण्ड उपस्थिति बैठक तथा समारोहमा पूर्व
जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जान
सक्ने बताएका थिए ।
त्यसैगरी उनले प्रचण्डले १३ हजार शहिदका सपना भुलेर
अव बेबीकिङ मान्न तयार भएको तथा बाबुराम
भट्टराईलाई छोडेर खुमबहादुर र चित्रबहादुरसँग मिलेर
पार्टी खोल्न समेत तयार भएको आरोप समेत लगाएका
थिए ।
प्रचण्डले पुत्र प्रकाशलाई छोडेर पुत्रविहिन बन्न तयार
रहेको र श्रीमतीलाई छोडेर कृष्णप्रसाद भट्टराई बन्न
तयार रहेको समेत आरोप आङकाजीले लगाएका थिए ।
उनले यस्तो चेतावनी दिएपछि गृहमन्त्रालयले समेत
यसबारे बुझ्न प्रहरी परिचालन गरेको थियो ।
आङकाजी विभिन्न समयमा विभिन्न विवादास्पद
अभिब्यक्ति दिएर चर्चामा रहिरहने जनजाति
अभियान्ता हुन् ।

0 comments:
Post a Comment