भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । पछिल्ला समयमा आत्महत्याका घटनाहरु
बढिरहेका छन् ।
आत्महत्या गर्ने विभिन्न कारणहरु मध्ये आफ्नै
परिवारको कारण पनि धेरैले आत्महत्या गर्ने गरेका
उदाहरणहरु पाइन्छन् ।
भारतको नयाँ दिल्लीमा यस्तै घटना घटेको छ, त्यो
पनि परिवारकै कारण । तर उनले आत्महत्या अघि
लेखेको सुसाइड नोट भने अहिले चर्चामा रहेको छ ।
दिल्लीको वेलकम इलाकामा १४ वर्षीय स्वर्णिम
नामका बालकले सामाजिक सञ्जाल व्हाट्स एपमा
सुसाईड नोट लेखेर आत्महत्या गरेका हुन् । उनको
आत्महत्याको कारण भने बाबु–आमाको सम्बन्ध
बिच्छेद हो ।
सोही कारण समस्यामा परेका उनले २ दिन अघि
आत्महत्या गरेका हुन् । उनले ज्यान त्याग्नु पहिले उनले
व्हाट्स एपमार्फत स्टाटस लेखेका छन्, ‘म यो संसारमा
बाँच्न चाहन्न जहाँ मान्छेको भन्दा धेरै पैसाको मूल्य
छ ।’
उनका बाबुआमाको सम्बन्ध बिच्छेद भइसकेको छ ।
उनकी आमा दुबईमा बस्छिन् भने बाबु दिल्लीकै अर्को
घरमा बस्छन् । उनी आफ्नी सानिमाको घरमा रहँदै
आएका थिए ।
सानिमा–सानोबाबुकोमा बस्ने उनी निकै
रमाइला बालक थिए । १ सेप्टेम्बरमा उनको जन्म दिन
थियो । तर उनको मुहारमा हाँसो देखिएपनि मनमा
भने गहिरो दुःख लुकेको थियो । सोही कारण उनले
सुसाईड नोट लेखेर आत्महत्या गरेका हुन् ।
0 comments:
Post a Comment