भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौँ, १८ भदौ ।
मधेशी राष्टिय मुक्ति मोर्चा नेपालले रौतहटमा
लगाएको दंगाग्रस्त क्षेत्र तोडदै आज प्रर्दशन गरे पछि
प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मुक्ति मोर्चा
नेपालले रौतहटको सदरमुकाम गौरमा प्रर्दशन गरेका छ
।
एमाओवादीका केन्द्रिय सदस्य ए उपेन्द्र साहको
नेतृत्वमा निस्केको जुलुसले नगर क्षेत्र भित्र लगाईएको
निषेधित क्षेत्र तोडदै नाराबाजा गरेका छन् ।
मधेसीको माग पुरा गर, दंगाक्षेत्र खारेज गर, मृतकलाई
शहिद घोषणा गर लगायतका नाराहरु लगाउदैं
निषेधित क्षेत्र तोडेका थिए ।
सुरक्षाकर्मीहरुले जुलुसलाई रोक्न खोजे पछि केही बेर
सम्म तनाव समेत उत्पन्न भएको थियो । निषेधित क्षेत्र
नतोडन आग्रह गरिए पनि मोर्चाका कार्यकर्ताले
नमाने पछि उपेन्द्र साह, राजेश कुमार , जय प्रकाश
कौशल , सनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको
छ ।
0 comments:
Post a Comment