Home » » चिनियाँ सेनाको परेडले जापान र भारतमा चिन्ता

चिनियाँ सेनाको परेडले जापान र भारतमा चिन्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


तीन लाख सैनिक घटाउने चीनको घोषणा
एजेन्सी : दोस्रो विश्वयुद्धमा आफ्नो जित भएको ७०
औं वर्षगाँठका अवसरमा बेइजिङको ऐतिहासिक
तियानमेन चोकमा १२ हजार चिनियाँ सेनाले एकै पटक
परेड खेलेका छन् ।
७० वर्षअघि ३ सेप्टेम्बरका दिन जापानी सेनालार्इ
हराउँदै चिनियाँ सेनाले विजयको झन्डा गाडेको
थियो । दोस्रो विश्वयुद्धमा आफ्नो जित भएको ७०
औं वर्षगाँठ मनाउने क्रममा चिनियाँ सेनाका हजारौं
सैनिकले तियानमेन चोकमा बिहीबार परेड खेलेका हुन्

संसारकै सबैभन्दा धेरै सैनिक रहेको चीनले आधुनिक
मिसाइल र हतियारसहित १२ हजार सैनिकलार्इ ३०
भन्दा बढी देशका पाहुनाका अगाडि एकै पटक परेडमा
उतारेको हो ।
तियानमेन स्क्वायरमा हजारौं चिनियाँ सेनाले परेड
खेल्दा राष्ट्रपति शि जिङ्गपिङ्ग कालो कारमा
चढेर कार्यक्रममा सामेल भएका थिए ।
चिनियाँ सेनाले परेडमा १२ हजार सैनिक, २ सय
एयरक्राफ्ट, सयौं ट्यांक र मिसाइल पनि सामेल
गरिएको थियो ।
जानकारहरुका अनुसार चीनको यस परेडले एसियमा
हतियारको होडबाजी बढ्ने अवस्था छ । खासगरी
भारत र जापान जस्ता देशसँग चीनको लामो
सिमाना जोडिएको छ ।
ती देशहरुसँग सिमानालार्इ लिएर चीनको लामो
विवाद जारी छ। भारत र चीनसँग सिमाना
विवादमा चीनले पटक पटक साना लडाइँ गरिसकेको छ
। चीनले बिहीबार अत्याधुनिक हतियारसहित
सेनालार्इ परेड खेलाएपछि भारत र जापानलार्इ
हतियारमा थप लगानी गर्न बाध्य बनाउने
विश्लेषकहरुको भनाइ छ ।
केही समययता एसियाकै छिमेकी देशहरुसँग सिमाना
विवादमा अल्झिरहेको चीनको यो शक्ति
प्रदर्शनलार्इ पश्चिमा मुलुकले समेत अर्थपूर्णरुपमा
लिएका छन् ।
केही वर्षयता दक्षिण चिनियाँ सागरलार्इ लिएर
अमेरिका र जापानसँग पनि चीनको विवाद
चलिरहेको छ । सोही विवादबारे चिनियाँ
राष्ट्रपतिले आज पनि मुख खोलेका छन् ।
जापानसँगको लडाइँलार्इ सि जिङ्गपिङ्गले न्याय र
अन्याय तथा अँधेरो र उज्यालोबीचको निर्णायक
लडाइँ भएको दाबी गरे ।
आफूले मनाएको खुसियालीमा सामेल हुन चीनले
पश्चिमा मुलुकलार्इ पनि निम्ता गरेको थियो । तर
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मात्रै चीन
पुगेका छन् । उनले चीनका राष्ट्रपतिसँग आत्मिय र
कसिलो अंगालो मारेर अन्य देशलार्इ फरक सन्देश दिए

चीनको उत्सवमा भारतको तर्फबाट विदेश
राज्यमन्त्री जनरल विके सिंह पुगेका छन् । चीनले
आफ्नो परेडमा सहभागी हुन भारतबाट आफ्ना सैनिक
चीन पठाउन पटक पटक आग्र गरेका थिए ।
तर, चीनको सो प्रस्तावलार्इ भारतले अस्वीकार
गरिदिएको छ । जानकारहरुका अनुसार जापानसँग
रहेको राम्रो सम्बन्धका कारण भारतले परेडमा
सहभागी गराउन सैनिकलार्इ चीन नपठाएको हो ।
अर्कातिर अमेरिका, बेलायत र जर्मनीले पनि
जापानसँग रहेको राम्रो सम्बन्ध विग्रने डरले चीनमा
आफ्ना प्रतिनिध पठाएनन् ।
तीन लाख सैनिक कटौती गर्ने घोषणा
चीनका राष्ट्रपति शि जिनपिङ्गले बिहीबारै
भएको सैनिक परेडमा जनमुक्ति सेनाका तीन लाख
सैनिक कटौती गर्ने घोषणा गरेका छन् ।
जिङ्गपिङ्गले वर्षगाँठ मनाउने क्रममा आफ्ना सेना
कटौती गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले
कटौतीका क्रममा तीन लाख सैनिक घटाउने स्पष्ट
पारे ।
चीनको सेनालार्इ आधुनिक सश्त्रयुक्त बनाउन संख्या
घटाउन लागिएको हो । अर्कातिर चिनियाँ सेना
लामो समयदेखि भ्रष्टाचार विवाद पनि मुछिँदै
आएको छ ।
भ्रष्टाचारविरुद्ध थालिएको अभियानका क्रममा
चिनियाँ सेनाका ४० जना बढी उच्च पदस्थ
अधिकारीमाथि मुद्धा चलाइएको छ।
सन् २०१३ मा सत्तामा आएपछि जिङ्गपिङ्ग
सेनालार्इ तालिमबाट अब्बल, आधुनिक हतियार र
प्रविधिले सुसज्जित बनाइनपुर्नेमा जोड दिइरहेका छन्

जनमुक्ति सेनामा सन् १९८० को दशकसम्म ४५ लाख
सदस्य थिए । सन् १९८५ मा घटाएर यसलार्इ ३०
लाखमा झारियो । त्यसपछि फेरि घटनाएर २३
लाखमा झारियो ।
अब यो संख्याबाट पनि ३ लाख सैनिक घटाएर २०
लाख बनाउन लागिएको हो ।
संसारकै सबैभन्दा ठूलो चिनियाँ जनमुक्ति सेनाको
वार्षिक बजेट १४१ डलर रहेको छ । जुन संसारका कुनै
पनि सेनाको दोस्रो ठूलो बजेट हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved