भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
विराटनगर, ७ असोज– पेसा तथा व्यवसाय अधिकारसंरक्षणका लागि गठित समितिले तीन दिनभित्रबन्द फिर्ता नलिए यातायात, शिक्षण संस्था,स्वास्थ्य, पर्यटन र बजार सेवा सञ्चालनमा ल्याउनेनिर्णय गरेको छ । मोरङ व्यापार संघ र उद्योग संगठनमोरङले संयुक्त विज्ञप्तिमार्फत बन्दकर्तालाई तीनदिनभित्र बन्द/हड्ताल फिर्ता लिन आग्रह गरेका हुन् ।कष्टकर जीवनलाई सामान्य गर्न स्वःस्फूर्त आफ्नोपेसा व्यवसाय खुलाउन बाध्य हुने विज्ञप्तिमा उल्लेखछ ।तराई क्षेत्रमा ४० दिनदेखिको बन्द/हड्तालबाटसिर्जित समस्याबारे बुधबार ती संगठनहरुले बृहत्छलफलको आयोजना गरेका थिए । छलफलबाटै १५सदस्यीय पेसा तथा व्यवसाय अधिकार संरक्षणसमिति गठन गर्दै यस्तो निर्णय लिइएको हो ।–कान्तिपुर दैनिकबाट
0 comments:
Post a Comment