Home » » नाकाबन्दी धम्कीपछि नेपालविरुद्ध भारतको अर्काे प्रहार

नाकाबन्दी धम्कीपछि नेपालविरुद्ध भारतको अर्काे प्रहार

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भारतीय सुरक्षाकर्मीद्धारा सीमामा नेपाली
नागरिकमाथि कुटपिट

वीरगन्ज, ६ असोज । नेपालमा जारी भएको
संविधानमा असन्तुष्टि जनाउँदै विभिन्न
प्रतिक्रिया दिइरहेको भारतले नेपालमाथि अर्काे
प्रहार गरेको छ ।
नाकाबन्दी देखि संविधान संशोधनसम्मको
प्रतिक्रिया दिएको भारतले सीमा नाकामा
नेपाली नागरिकमाथि कुटपिट समेत गरेको छ ।
भारतीय सुरक्षाकर्मीले सीमा नाकामा सुरक्षाका
नाममा दुःख दिएको र नमाने कुटपिट समेत गर्न
थालेको पीडित नेपाली नागरिकले बताएका छन् ।
मंगलबार नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेको
भारतले बुधबार मधेसका विभिन्न नाकामा भारत
आउजाउ गरिरहेका नेपालीलाई चेकजाँचका
वहानामा कुटपिट गरेको हो । मंगलबार साँझ
रक्सौलस्थित भारतीय आयल निगमको डिप्पो
परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११
को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय
सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए ।
भारतीय प्रहरीको कुटपिटबाट उनको हातमा गम्भीर
चोट लागेको छ । तेल भरेर डिप्पो बाहिर
निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले फेरि
पछाडि फर्काउन भन्दै धम्की दिएपछि नमान्दा
चालक पाठक कुटिएको ना ५ ख ३२८१ नम्बरको
ट्याङ्करका चालक वसीर हवारीले बताए ।
भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर
चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि
ठप्प पारिदिएका छन् । सहकर्मी कुटिएपछि
असुरक्षाको कारण देखाउँदै चालकहरुले बुधबारदेखि
वीरगन्ज भन्सार नाकामै खाली ट्याङ्करहरु
थन्काएका हुन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved