भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
गौशाला, २२ भदौ । महोत्तरीको मुख्य भारतसंगको
नाका भिठ्ठामोडमा बन्दको अवज्ञा गरेको भन्दै
मोर्चाका कार्यकर्ताहरुले आज दिउँसो एउटा
मोटरसाइकल जलाएका छन् ।
जलेश्वर नगरपालिका–१२ मलिवारास्थित नेपाल
भारत सीमा नाका भिठ्ठामोडमा मोर्चाका
कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै ज १ प १७०५
नंको मोटरसाइकल जलाएका छन् ।
आज बिहानैदेखि महोत्तरीको जलेश्वर–भिठ्ठामोड
सडकखण्डमा पटक पटक अवरोध खडा गर्दै कुनै पनि
सवारी साधनलाई आवतजावत गर्न नदिएका
मोर्चाका कार्यकर्ताहरुले दिउँसो भिठ्ठामोडमा
मोटरसाइकल जलाएका हुन् ।
मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकल जलाएपछि
जलेश्वरबाट भारततिर जाने मोटरसाइकल, साइकल
पूर्णरुपेण बन्द भएका छन् भने भारतबाट पनि नेपालतिर
कोही आउन मानेका छैनन् ।
0 comments:
Post a Comment