भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
भैरहवा, भदौ २३ भदौ ७ गते टीकापुरमा भएको
हिंसात्मक घटनामा संलग्न भएकोnआरोपमा
प्रहरीले मधेसी जनाधिाकार फोरम
(लोकतान्त्रिक)का केन्द्रीय सदस्य लक्ष्मण थारूलाई
भैरहवाबाट पक्राउ गरेको छ।
थारू भैरहवामा आएको जानकारी पाएपछि प्रहरीले
बुधवार बिहान ९ बजे उनलाई नियन्त्रणमा लिएको
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले
सेतोपाटीलाई जानकारी दिए।
‘कैलाली प्रहरीले उनका बारेमा अनुसन्धान गर्नुपर्छ
भनेको थियो, उनी यहाँ आएको सूचना पाएपछि
हामीले नियन्त्रणमा लिएका हौं‘ केसीले भने ‘उनलाई
थप अनुसन्धानका लागि कैलाली नै पठाउने छौं।‘
भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट पक्षधर
आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा एसएसपी
लक्ष्मण न्यौपाने सहित ७ प्रहरी र एक बालकको
ज्यान गएको थियो।
पक्राउ परेका थारू पहिला नेकपा माओवादीका
सैन्य कमाण्डर थिए।
0 comments:
Post a Comment