Home » » कमाउन मलेसिया आएका प्रजा ह्विलचेयरमा रुँदै फर्किए

कमाउन मलेसिया आएका प्रजा ह्विलचेयरमा रुँदै फर्किए

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


वैदेशिक रोजगारीबाट स्वदेश फर्किने युवाहरु गह्रुंगो
ब्याग र हलुंगो मन लिएर एयरपोर्टमा पस्छन् । तर,
बिमलालका ठीक उल्टो भयो ।
ह्विलचियरमा बसेर एयरपोर्टभित्र पस्दा विमलाल
प्रजाको झोला हलुंगो तर मन गह्रुंगो थियो ।
आँखाभरि आँशु टल्पलाइरहेका थिए । आँशु पुछ्न उनले
आफ्नो हात आँखासम्म पुर्याउन सक्दैनथे ।Dissabled-
person
सोमबार दिउँसो ४ बजेतिर साथीले ह्विलचेयर धकल्दै
मलेसियाको बिमानस्थलमा छिराए बिमलाललाई ।
एयर एसियाको उडानबाट साँझको ५ः५५ मा उनी
जन्मथलोका लागि उडे ।
दुई रोपनी जग्गा बन्धकी
चितवनको लोथर गाविस-२ का बिमलाल विपन्न
परिवारका युवक हुन् । प्रजा समुदायका उनलाई लेखपढ
गर्न आउँदैन । भएको दुई रोपनी जग्गाले बाबु, श्रीमती,
दुई छोरी र एक छोरालाई गुजारा गर्न धौधौ
भएपछि उनी विदेशिन बाध्य भएका थिए ।
आफू नपढेरै दुख पाएको महसुस गरेका उनको
छोराछोरीलाई धेरैभन्दा धेरै पढाउने सपना थियो ।
तर आफ्नो सपनालाई दैवले भाँजो हालेको ठान्छन्
उनी । ‘छोरीहरु साना छन्, छोरो स्कुल जान
थालेको छ । अब कसरी पढाउने हो र के खुवाउने हो
भन्ने थाहा छैन,’ उनले आँशु पुछ्दै भने, ‘परिवारलाई सुख
दिने भनेर विदेशिएको म आफंै परिवारका लागि बोझ
बनेर फर्कदैछु ।’
विमलालसँग विदेश आउने पैसा थिएन । दुई रोपनी
जग्गा गाउँको मगर दाइलाई एक लाख पचास हजारमा
बन्धकी राखेका छन् । बाँकी पैसा ऋण खोजेर १ लाख
७० हजार रुपैयाँ प्यासिफिक ओभरसिजलाई बुझाएर
उनी ६ महिना अगाडि मलेसिया आएका थिए ।
यसरी थला परे
विमलालले मलेसियाको जोहोरवारुमा रहेको
पानीजहाजमा काम गर्न मात्रै थालेका थिए, दुई
हप्तामै उनको शरीर लुलो हुन थाल्यो । खुट्टाबाट सुरु
भएको यो समस्या बिस्तारै माथि-माथि सर्दै गयो
। ६ महिनामा त उनी पूरै थला परे । अहिले देब्रे हात
पटक्कै नचल्ने नै भएको छ ।
कम्पनी मालिकले अस्पताल त पुर्याए, तर निको हुने
छाँट आएन । त्यसपछि न मालिकले थप उपचार गराउन
चासो देखाए, न त म्यानपावरले नै उनलाई नेपाल
झिकाउनका लागि कुनै सहयोग गर्यो । उनीसँग
अस्पताल गएर आफैं उपचार गराउने क्षमता थिएन ।
कसरी फर्के नेपाल ?
यसैबीच, एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय
विभागसम्म उनको कुरा पुगिसकेको रहेछ । त्यसपछि
उनी मलेसियामा रहेको जन प्रगतिशील मञ्चको
सम्पर्कमा पुगे । मञ्चकोे पहलमा नेपाली दुतावास
मलेसियासँगको समन्वयमा उनी नेपाल र्फकन सफल
भएका हुन् । मञ्चका अध्यक्ष प्रेम पाण्डे भन्छन्, ‘निकै दुख
गरेर नेपाल फर्काउन सक्यौं ।’
नेपाल फर्कनासाथ उनलाई एयरपोर्टबाटै प्रवासी
नेपाली समन्वय समितिले सहयोग गरेको छ । ‘हामीले
उहाँलाई एयरपोर्टबाट हाम्रो सेल्टर हाउसमा ल्याएर
राखेका छौ । अब थप कदम अगाडि बढाउँदै छाैं,’
संस्थाका एक सदस्यले टेलिफोनमा भने ।
विमलालको परिवारका सदस्यसित अझै पनि
मोवाइल फोन छैन । नेपालमा कसलाई सम्पर्क गर्ने हो
त ? भन्दा उनी भन्छन्, ‘हाम्रो घरमा त मोवाइल छैन,
गाउँको दाइको नम्बर छ, त्यसैमा गर्नुहोला ।’
प्रजाको आरक्षण खोइ ?
सरकारले प्रजा जातिका लागि विशेष आरक्षण
छुट्याएको थाहा पाएका बिमलालले त्यो आरक्षण
आफ्नो दैलोसम्म नआइपुगेको बताए । ‘हाम्रो जातलाई
पनि कुन्नि के-के गर्ने हो भनेर रेडियोले फुकिरहन्थ्यो,
खै आजसम्म केही भएको छैन,’ उनले गुनासो गरे ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved