भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं–असोज ३ गते साँझ नयाँ संविधान
घोषणा हुने भएपछि राष्ट्रपति डा. रामबरण यादवले
देश र जनताका नाममा सम्बोधन गर्ने भएका छन्। शीतल
निकास स्रोतका अनुसार देश र जनताका नाममा
सम्बोन गर्ने पक्का पनि मिति भने तय भएको छैन।
'राष्ट्रपतिज्यूले राष्ट्रका नाममा सम्बोधन गर्ने
कुरामा कुनै शंका छैन,' स्रोतले नागरिकन्युजसँग
भन्यो,'नयाँ संविधान घोषणा भएपछि सम्बोधन गर्ने
वा अगाडि गर्ने भन्ने विषय तय भइसकेको छैन।'
स्रोतका अनुसार सोही विषयमा छलफल गर्न
राष्ट्रपति कार्यालयमा अहिले छलफल चलिरहेको छ।
आठवर्ष देखि राष्ट्रप्रमुखको भूमिकामा रहेका
राष्ट्रपति डा. यादवले नयाँ संविधान जारी भएको
एक महिनाभित्र शीतल निवास छोड्नु पर्नेछ।
'लामोसमयसम्म राष्ट्रप्रमुखको भूमिका बसेपछि
जानेबेलामा देश र जनताका नाममा सम्बोधन गर्नु
उचित हुने भएकाले त्यसको तयारी गरिएको हो,'
स्रोतले भन्यो ।
0 comments:
Post a Comment