Home » » यसरी लम्बियो नयाँ प्रधानमन्त्रीको चयन

यसरी लम्बियो नयाँ प्रधानमन्त्रीको चयन

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं– असोज ३ गते संविधान जारीभएको एकसाताभित्र अर्थात असोज १० गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउनुपर्ने थियो । तर, देशले असोज तेस्रो सातापछि मात्र प्रधानमन्त्री पाउने अबस्था आएको छ।

चालु संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री सुशील कोइराला राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क जाँदैछन्, जसले सरकार गठनको कोर्सलाई पर धकेल्ने निश्चित भएको छ । मन्त्रीपरिषद्को शुक्रवारको वैठकले भ्रमणलाई अनुमोदन गरिसेको छ । उनी असोज ६ गते न्युयोर्क गएर १७ गते फर्कनेछन् ।

नयाँ संविधानमा संसद अधिवेशन चालु भएको एक साताभित्र प्रधानमन्त्रीको निर्वाचन हुनुपर्ने व्यवस्था छ । तर, अहिलेको अधिवेशन अन्त्य गरि प्रधानमन्त्री कोइराला फर्केपछि नयाँ अधिवेशन डाक्ने तयारी गरिएको छ । भावी प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओली, काग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड चर्चामा छन् । भावी सत्तासमीकरणवारे दलहरुवीच अनौपचारिक कुराकानी शुरु भएको छ । तर, समीकरण कस्तो हुने भन्ने यकिन भएको छैन् । संविधान जारी लगत्तै भावी सत्तासमीकरणमाथि छलफल केन्द्रित हुने नेताहरुले बताएका छन् ।

नयाँ सरकार बन्ने प्रक्रिया यसरी लम्बियो

नयाँ संविधानअनुसार संसद चालु नै रहेको अबस्थामा असोज १० गतेसम्म नयाँ प्रधानमन्त्रीको चुनाव हुनुपर्ने थियो । त्यस्तो अबस्थामा कोइराला न्युयोर्कमै रहेको बेला देशमा नयाँ प्रधानमन्त्री चयन भैसकेको हुने थियो ।
एमालेले प्रधानमन्त्रीको भ्रमणवारे समर्थन गरेको थिएन । तर, कोइरालाको विरोध गर्दा आफ्नो अध्यक्ष केपी ओली नेतृत्वमा भावी सरकार गठन गर्ने योजनामा समस्या हुने देखेपछि एमालेले अन्तिम समयमा आएर कोइरालाको भ्रमणलाई समर्थन गरेको हो ।

शीर्ष नेतासँग प्रधानमन्त्रीले के भनेका थिए ?

देशमा संविधान जारी हुने भएपछि अन्तराष्ट्रिय समुदायलाई यसवारे जानकारी गराउने सवैभन्दा राम्रो थलो राष्ट्रसंघीय महासभा नै थियो । प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डसँग त्यतिन्जेल आफ्ना पद कायम राखिदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री कोइराला राष्ट्रसंघको रोष्ट्रममा उभिएर नेपालको संविधान निर्माणवारे जानकारी दिन चाहन्थे, जसले आफ्नो उचाई बढने उनको बुझाई थियो । कोइरालाले नेताहरुसँग आफु काम चलाउ भएर नजाने समेत बताएका थिए ।
रातोपाटीसँगको अन्तर्वार्तामा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री कोइरालाले त्यस्तो आग्रह गरेको बताएका थिए । अब देशले नयाँ प्रधानमन्त्री कहिले पाउँछ ? प्रचण्डसँग राखिएको जिज्ञासामा उनले भनेका थिए, ‘मलाई लाग्छ, संविधानको संक्रमणकालीन व्यवस्थामा संसद् बसेको सात दिनमा प्रधानमन्त्री पाउने भनिएको छ । संसद् कहिले बस्ने भन्ने हिसाब पनि छ । अहिले परिस्थिति के देखिन्छ भने प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको साधारणसभामा जाँदै हुनुहुन्छ । हिजोमात्रै उहाँले आफू कामचलाउ भएर नजाने बताउनुभयो । दलबीचमा उहाँ फर्केर आएपछि नयाँ सरकार बनाउनेबारे सहमति हुन्छ भन्ने मलाई लाग्छ ।’source:-Ratopati

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved