Home » » रहेनन् विश्वका होचा चंद्रबहादुर डाँगी

रहेनन् विश्वका होचा चंद्रबहादुर डाँगी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भाद्र १८, २०७२- विश्वका होचा व्यक्ती चन्द्रबहादुर डाँगीको ७६ बर्षको उमेरमा शुक्रबार निधन भएको छ । एक सातादेखि निमोनिया र दमबाटग्रस्त डाँगीको उपचारका क्रममा अमेरिकामा मृत्यु भएको उनकी भाउजू मोतिकला डाँगीले जानकारी दिएकी छिन् ।

६ महिनाअघि भतिजा दोलख डाँगीका साथ बिभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका गएका डाँगी अस्वस्थ भएपछि आइसियूमा राखिएको थियो । पुरन्धारा ८ रिमखोली निवासी डाँगी २०६८ फागुन १४ मा विश्वका होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए । उनी २१ दशमलव ५ इञ्च अग्ला थिए । सल्यानको रामपुर ८ तारिके गाउँमा जन्मेका डाँगी १४ बर्षदेखि दाङमा बस्दै आएका थिए । सदरमुकाम घोराहीबाट करिव ७० किलोमिटर टाढा जंगलको बीचमा उनको घर छ

अविवाहित डाँगी काइँली भाउजु मोतिकला र  भतिज दोलखसँग बस्दै आएका थिए । ६ भाइमध्ये डाँगी राइँला हुन् । उनका दुई दिदी छन् । उनका सबै दाइहरुको मृत्यु भैसकेको छ । कान्छा भाइ मात्रै जिवित छन् । उनी पनि सल्यान बस्छन् । सानैदेखि मोतिकलाले हुर्काएकाले चन्द्रबहादुर भाउजुलाई आमासरह मान्थे । बाआमाको सानैमा मृत्यु भएकाले डाँगीलाई बाल्यकाल बिताउन निकै कठिन भएको थियो ।

उनलाई भाउजु, भतिजा र बुहारीले हुर्काएका थिए । उनले गाउँमै पाँच कक्षासम्म पढेका छन् । उनको नाममा प्रतिष्ठान पनि बनेको छ । डाँगीलाई सानो छँदा सबैले होचो मान्छे भनेर जिस्काउने गर्थे । गाउँमा बसेका कारण लामो समयसम्म उनको चर्चा हुन सकेन । उनी घरमा हुँदा कुखुराको हेरचाह गर्ने र घरका काममा सघाउने गर्थे । ७२ बर्षको उमेरमा मात्र उनको बारेमा थाहा भएको हो । २०६५ सालदेखि केही मेला तथा महोत्सवहरुमा सहभागी गराउन थालेपछि उनको समाचार बाहिर आउन थालेको हो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved