भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाण्डु, १८ भदौ-पशुपति क्षेत्र विकास कोषले
विद्युतीय शवदाहगृहमा बेवारिसे शव जलाएर
परीक्षणका रुपमा दाहसंस्कार गरेको छ ।
कोषले वि.सं २०६८ मङ्सिरमा निर्माण गरेको
शवदाहगृह अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु
गरिएको हो । परीक्षणबाट शवदाहगृह सफल भएको
कोषले जनाएको छ । इलाका प्रहरी कार्यालय
गजुरीले गत साउन ४ गते त्रिभुवन विश्वविद्यालय
शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको एक
बेवारिसे शव शुक्रबार परीक्षणस्वरुप दाहसंस्कार
गरिएको हो ।
गृहमा जडान गरिएको एउटा यन्त्रमा बिहीबार
बेलुकी शवदाह परीक्षण पहिलोपटक गरिएको थियो ।
अर्को यन्त्रमा शुक्रबार शवदाह परीक्षण गरिएको हो
। पहिलो र दोस्रो शवदाह परीक्षणबाट विद्युतीय
शवदाह प्रक्रिया वातावरणमैत्री पाइएको शवदाह
कार्यमा संलग्न कोषका विद्युतीय प्राविधिक
(इलेक्ट्रिसियन) नरबहादुर पुरीले बताए ।
शवदाहगृहको तल्लो तलामा १६ शव राख्न मिल्ने
फ्रिजसमेत व्यवस्था गरिएको छ । आउँदो असोज १
देखि सञ्चालनमा ल्याइने सो शवदाह गृहमा हिजो
‘गोर्खा भूकम्प’ का क्रममा निधन भएका एक बेवारिस
शव जलाइएको थियो । भक्तपुर निवासी ती मृतकको
शव गत वैशाखदेखि शिक्षण अस्पताल महाराजगञ्जमा
राखिएको थियो ।
सो शवदाह गृह निर्माण गर्न ११ करोड खर्च भएको
कोषले जनाएको छ ।
0 comments:
Post a Comment