Home » » म्यारिज ब्युरोबाट मानव तस्करी

म्यारिज ब्युरोबाट मानव तस्करी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


९ असोज, काठमाडौं । चितवनकी रीता (नाम
परिवर्तन) चीन जाने चक्करमा काठमाडौं आइन् । चीन
जान उनलाई भाषा प्रशिक्षण अनिवार्य थियो ।
भाषा प्रशिक्षणका लागि रीता बागबजारको एक
कोरियन भाषा प्रशिक्षण केन्द्रमा पुगिन् । त्यहाँ
उनीजस्ता थुप्रै युवती थिए ।
रीतालाई सोलुखुम्बुकी सम्झना (नाम परिवर्तन) ले
चीन जाने छोटो बाटो बारे जानकारी दिइन् ।
चिनियाँ नागरिकसँग विवाह गर्ने र सजिलै चीन पुग्ने
उनको सुझाव थियो । सुरुमा रीतालाई डर लाग्यो ।
कतै पैसा कमाउने चक्करमा शरीर नै बेच्नुपर्ने त होइन !
सम्झनाले रीतालाई राजधानीको चुनदेवीस्थित छेरु
इन्टरनेसनल म्यारिज व्युरोको कार्यालय पुर्याइन् ।
सामान्य कुर्तासुरुवालमा पुगेकी रीतालाई ब्युरोमा
पुगेलगत्तै महँगो कुर्तासुरुवाल र मोवाईल दिइयो ।
मिठो खाना र कोरियन भाषा सिक्नसमेत ब्युरोले नै
लगानी गर्ने भएपछि उनी मख्ख परिन । रीतालाई
अझ सुन्दर बनाउन ब्युरोले व्युटिपार्लर पठायो ।
म्यारिज ब्युरोको नाममा उक्त संस्थाले नेपाली
युवतीलाई चीन र कोरिया ‘तस्करी’ गर्दै आएको
थियो ।
दुई महिनापछि रीतासहित नौ जनालाई हेर्न
चिनियाँ र कोरियन टोली आयो । टोलीमा पार्क
ही च्याङ थिइन् । उनीहरुले उपस्थित युवतीहरुको
फोटो खिचेर चीन र कोरिया पठाउने गरेका रहेछन् ।
उताबाट मन पराएपछि उनीहरुलाई पठाउने काम
व्युरोले गर्दै आएको रहेछ । त्यहाँ भेला भएका
युवतीहरुको पनि कीर्तेगरी नागरिकता र पासपोर्ट
बनाउने गरेको तथ्य फेला परेको अन्नपूर्ण पोस्टमा खबर
छ ।
चिनियाँसँग विवाह गर्न राजी भएकी रीतालाई
चीनको उत्तरी प्रान्त हर्विनमा पुर्याइयो । त्यहाँ
छोरा जन्माइदिनुपर्छ भनेर गरिएको प्रस्तावपछि
उनी हच्किइन् । नेपालमा दिइएको आश्वासन र
त्यहाँको व्यवहार फरक थियो । उक्त क्षेत्रमा दैनिक
चार पाँच जनाले यौन दुरव्यवहार गर्ने गरेको उनले
सुनाईन् ।
आफू बेचिएको थाहा पाएपछि उनले नेपाली
दूतावासमा सहयोग मागेर त्यहाँबाट नेपाल
फर्किएकी हुन् । उनले दिएको जानकारीका आधारमा
सीआईबीले उक्त म्यारिज व्युरोमा छापा मारेको छ
। पाँचतारे होटल जस्तै देखिने व्युरोबाट सञ्चालक
पासाङ शेर्पा भनिने छेरु शेर्पा र कोरियन नागरिक
ही चाङ पार्क तथा नेपाली युवती खोज्ने विपिन
नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकामा ८३ म्यारिज व्युरो खोल्न अनुमति
दिइएको छ। अनुमति लिएकामध्ये अधिकांशका
कार्यालय छैनन् ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved