Home » » चिनियाँ झन्डा जलाउनु आपत्तिजनक: बिष्ट

चिनियाँ झन्डा जलाउनु आपत्तिजनक: बिष्ट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टले
मधेस केन्द्रित दलहरूको आन्दोलनताका चिनियाँ
झन्डा जलाइएकोमा त्यसप्रति गम्भीर आपत्ति व्यक्त
गरेका छन्।
'चीनको झन्डा जलाउनु उसको सम्मानसँगै नेपाल-चीन
सम्बन्धमा उसले खेलेको भूमिका अवमूल्यन गर्नु हो, जुन
कुनै पनि स्वाभिमानी नेपालीका लागि सह्य हुने
छैन', बिष्टले भने।
नेपाल-चीन सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण
भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री बिष्टले
अन्नपूर्णसँग भने, 'चीन र भारत हाम्रा छिमेकी मात्र
होइनन्, अत्यन्त घनिष्ट मित्र राष्ट्र पनि हुन्।
नेपालको अस्तित्व र शान्तिका लागि
मित्रराष्ट्रहरूप्रति सम्मानको व्यहार देखाउनैपर्छ
नेपालीले।'
मंगलबार इटहरीमा मधेसी मोर्चाका कार्यकर्ताहरूले
चीनले नयाँ संविधानको स्वागत गरेकोमा आक्रोश
व्यक्त गर्दै चिनियाँ झन्डा जलाएका थिए। 'ठूला
मुलुकहरूले पनि नेपालको सार्वभौम र राष्ट्रिय
अस्मिताको सम्मान गर्नुपर्छ', विष्टले भने, 'चीन र
भारत विश्वमै ठूलो भूमिका खेल्न उद्यत भइरहँदा
नेपालले त्यसलाई प्रोत्साहित गर्न सक्नुपर्छ।'
उनले भने, ' लिपुलेकसम्बन्धी सम्झौता चीनले सच्याउनेछ
भन्ने मेरो मान्यता छ भारतसँगको सन्धि रद्द गरेरै भए
पनि। किनकि नेपालको स्वतन्त्रतामा घात गर्नुहुन्न
भन्ने नीति र व्यवहार चीनले सदा प्रदर्शित गर्दै
आएको छ। त्यो छुट हामीले कुनै मुलुकलाई दिएका
छैनौं, दिने छैनौं।'
पृथ्वीनारायण शाहको 'दुई ढुंगाको तरुल' को
मान्यतामा आधारित विदेश नीति नेपालका लागि
अहिले पनि सान्दर्भिक रहेको बिष्टले बताए।
संविधानमा सुधार आवश्यक भएको भन्दै त्यसमा
भारतको चासो, दबाब र अभिव्यक्तिको शैली
अत्यन्त आपत्तिजनक रहेको पनि उनले बताए।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved