भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, १३ असोज । सूचना तथा
सञ्चारमन्त्रालयले भारतको अघोषित नाकाबन्दी
विरोधमा भारतीय टिभी च्यान बन्द गर्ने केबुल
सञ्चालकहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
मन्त्रालयको निर्णयअनुसार मुलुकभरिका सबै केबुल
टिभी सञ्चालकहरूलाई भारतीय टिभी बन्द गर्नुको
कारणसहित स्पष्टीकरण सोधिएको हो ।
अहिले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल छन्
। मन्त्रालय उच्च स्रोतका अनुसार रिजालकै
निर्देशनमा भारतीय टिभी च्यान रोक्नेहरूसँग
स्पष्टीकरण सोधिएको हो ।
केही दिनअघि खाडी मुलुकको भ्रमणका क्रममा
सञ्चारमन्त्री रिजालले भारतको पक्षमा अभिव्यक्ति
दिएर विवादमा परेका थिए । उनले ‘भारतले नेपालमा
नाकाबन्दी गरेको छैन’ भन्ने अभिव्यक्ति दिएपछि
स्वदेश र विदेशमा बस्ने नेपालीहरूले सामाजिक
सञ्जालहरूमा आलोचना गरेका थिए ।
मन्त्रालयका शाखा अधिकृतले मंगलबार हस्ताक्षर गरेर
पठाएको २०४ चलानी नम्बर रहेको पत्रअनुसार केबुल
सञ्चालकहरूलाई भारतीय च्यान बन्द गर्नुका विषयमा
स्पष्टीकरण सोधिएको हो ।
केबुल सञ्चालकहरूलाई भारतीय टिभी च्यानको
प्रशारण बन्द गरेको विषयमा २४ घण्टे स्पष्टीकरणको
पत्र काट्न मन्त्री रिजालले सञ्चार मन्त्रालयका
सचिवलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
रिजालको यो निर्देशनसँग सामाजिक सञ्जालहरूमा
आलोचना भइरहेका छन् ।
‘प्रचलित कानुन बमोजिम राष्ट्रिय प्रसारण गर्ने
कार्य गर्नको लािग स्थापना भई आएको त्यस
संस्थाबाट नेपालको संविधान २०७२ लागू भएको
वर्तमन परिवेशमा राष्ट्रिय प्रसारण ऐन, २०४९ को
दफा ११ मा उल्लेख भए अनुरुपका कार्यक्रम प्रसारण
गर्ने व्यवस्था मिलाउनु पर्नेमा कुनै पनि अग्रिम सूचना
एवं जानकारी समेत नदिइ प्रसारण बन्द गरेको
बुझिएको हुँदा त्यस संस्थालाई प्रचलित कानुन
बमोजिम किन कारबाही नगर्ने ? २४ घण्टाभित्र सो
को स्पष्टीकरण पेश गर्नुका साथै प्रराण कार्य
निरन्तर सञ्चालन गर्ने व्यवस्था हुन मिति २०७२/०६/१२
को निर्णयानुसार जानकारी गराइन्छ ।’
पत्र नेपाल केवल टेलिभजन व्यवसायी महासंघ, नेपाल
केवल टेलिभिजन महासंघ, डिस होम प्रा.लि. तीनकुने र
सिम्पल मिडिया प्रा.लि.लाई स्पष्टीकरण पत्र
पठाइएको छ ।
0 comments:
Post a Comment