Home » » भारतीय पक्षमा बोल्ने सञ्चारमन्त्री रिजालविरुद्ध युवा संघ खनियो

भारतीय पक्षमा बोल्ने सञ्चारमन्त्री रिजालविरुद्ध युवा संघ खनियो

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, १३ असोज । एमालेको भातृसंगठन युवा संघ नेपालले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतले नाकाबन्दी नगरेको भनेर दिएको अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युवा संघका प्रवक्ता प्रभाव कटवालले आज (बुधबार) विज्ञप्ति जारी गरे भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले कष्टकर जीवन विताउन परेको भन्दै त्यसको अलिकति पनि हेक्का नराखी सञ्चार मन्त्रीको अभिव्यक्तिले सम्पूर्ण देशभक्त नेपालीको मन दुःखाएको बताउनुभएको छ ।

‘सञ्चारमन्त्री मीनेन्द्र रिजालले जुन अभिव्यक्ति दिएका छन् यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोश र शंका पैदा भएको छ’, युवा संघले विज्ञप्तिमा भनेको छ, ‘जनताले राष्ट्रियाताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने तयार भएका बेलामा त्यसप्रतिको अभिव्यक्तिप्रति युवा संघ नेपाल घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’

मधेसी आन्दोलनकारीहरूलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको जनाएको युवा संघ नेपालले भारतीय भूमिबाट नेपालका सूरक्षाकर्मीहरूलाई ढुंगामुढा प्रहार भएकोमा विरोध गरेको छ ।

‘भारती सुरक्षाहरूकर्मी दर्शकको रुपमा ताली बजाइरेहका छन्’, युवा संघले भनेको छ, ‘नेपाली सवारी साधनलाई ४५ दिनदेखि नाकामा बाटो अबरुद्ध गरेर नाकाबन्दी गरिएको छ ।’

मन्त्री रिजालले भारतको पक्षलिइ भारतीय टिभी च्यान नदेखाउने केबुल सञ्चालकहरूलाई स्पष्टीकरण सोधेकोमा पनि युवा संघले रिजालको बिरोध गरेको छ । युवा संघ नेपालले नेपालमा देखाइने सबै भारतीय च्यानलहरू सरकारी तवरबाटै बन्द गर्न पनि माग गरेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved