Home » » प्रमुख तीन दलको बैठकः वार्तामा नबसे पेलेर जाने निर्णय

प्रमुख तीन दलको बैठकः वार्तामा नबसे पेलेर जाने निर्णय

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौँ, २३ भदौ ।काठमाडौँ, २३ भदौ । प्रमुख
तीन शीर्ष दलले असन्तुष्ट दलहरुसँग वार्ताका लागि
अन्तिम पहल गर्ने तर नमाने पेलेर जाने निर्णय गरेका छन्

प्रधानमन्त्री सुशील कोइरालासहित काँग्रेस, एमाले
र एमाओवादीका शीर्ष नेताहरुको संविधानसभा
भवन नयाँ बानेश्वरमा बुधबार साँझ बसेको बैठकले
आन्दोलनरत पक्षसँग अन्तिम पटक वार्ताको पहल गर्ने
निर्णय गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले
जानकारी दिए । नेता पौडेलले आन्दोलन जारी राखे
कुनै पनि हालतमा संविधान निर्माण प्रक्रिया
नरोकिने जानकारी दिए ।यो वार्ताका लागि
अन्तिम अवसर भएको पौडेलको भनाइ थियो ।
बैठकपछि निस्कने क्रममा नेकपा एमालेका शीर्ष नेता
माधवकुमार नेपालले वार्ता र संविधान निर्माण
प्रक्रियालाई सँगसँगै अगाडि बढाउने विषयमा तीन
दलबीच सहमति भएको जानकारी दिए । तराईमा
भएको आन्दोलनलाई लोकतान्त्रिक आन्दोलन भन्न
नसकिने बताउँदै नेता नेपालले हातहतियार देखाउने
तथा सुरक्षाकर्मीमाथि आक्रमण गरिनुले अनेक शंका
उब्जिएको बताए ।
एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशी–
विदेशी, राष्ट्रिय वा बाहिर तत्वले दबाब दिए पनि
संविधान निर्माण प्रक्रिया नरोकिने प्रष्ट पारे ।
‘हामीले आठ बर्षदेखि वार्ता गरिरहेका छौँ । अहिले
पनि जुनसुकै बेला वार्ता गर्न तयार छौँ, वार्ताको
टेबुलबाटै समाधान खोज्नुपर्छ । तर वार्तामा नआए
पनि संविधान निर्माण रोकिन्न । ’– खनालको
प्रतिक्रिया थियो ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved