Home » » मधेसीले नेपाल सरकारको शासन नमान्ने, काठमाण्डौमा दानापानी बन्दको चेतावनी

मधेसीले नेपाल सरकारको शासन नमान्ने, काठमाण्डौमा दानापानी बन्दको चेतावनी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


भैरहवा, २३ भदौ ।
मधेशी नेताहरुले सरकारले गर्ने हरेका कार्यको अवज्ञा
गर्ने बताएका छन । मधेशी नेताहरुले नेपाल सरकारको
शासन नमान्ने तथा सरकारले लगाएको नियमहरुको
अवज्ञा गर्ने बताएका हुन ।
भैरहवामा आयोजित कार्यक्रममा तराई मधेश
लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले
सरकारले वार्ताको ढोका बन्द गरि सदन देखी
सडकमा आउन बाध्य बनाएको जिकिर गरे । बिगतका
सम्झौता कार्यान्वयन गरे वार्ता गर्ने नपर्ने वताए ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले
अहिलेको आन्दोलन निर्णायक भएको हुदा अधिकार
नपाए सम्म आन्दोलन नरोकिने बताए । उनले
आन्दोलनलाई निर्णयक बनाउन काठमाण्डौंमा
दानापानी बन्द गरि दिने चेतावनी दिएका छन् ।
मधेशमा रहेका पहाडी शासकहरुलाई काठमाण्डौ
लखेट्ने समेत उनले चेतावनी दिए । संघिय समाजवादी
फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले
मधेशमा रहेका मधेशीलाई सरकारले बिदेशी ठानी
सेना प्रयोग गरेकोले तत्काल सेना फिर्ता नगरे ठूलो
नोक्सानी ब्यहोर्नु पर्ने चेतावनी दिएका छन ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Aajako khabar - All Rights Reserved