भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं, २१ भदौ । आइतबार अपराह्न
काठमाडौंको जोरपाटीमा गोली चलाउने ३०
बर्षीय तेन्जिङ शेर्पालाई पक्राउ गर्दा प्रहरीमाथि
आक्रमण भएको छ ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु भगवानपाउ
बस्ने दोलखा विगु घर भएका ३० बर्षीय तेन्जिङ
शेर्पालाई आइतबारै प्रहरीले १ थान पेस्तोल, १ थान
म्याग्जिन र ३ राउण्ड गोली सहित पक्राउ गरेको
थियो ।
शेर्पाले गोकर्णेश्वर नगरपालिका–१२ नारायणटार
लामा पेट्रोल पम्म नजिकै हेलम्बु बसपार्कमा सर्लाही
घर भएका २४ वर्षीय राजकुमार वाइवामाथि गोली
प्रहार गरेका थिए । गोली फायर भएको खबर
पाएपछि घटनास्थल पुगेको महानगरीय प्रहरी बृत्त
बौद्धबाट खटिएको प्रहरी टोलीले शेर्पालाई उक्त
पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो
।
शेर्पालाई पक्राउ गरी ल्याउने क्रममा घटनास्थलमा
एक समूहले प्रहरीको बा.१ झ १२७ नम्वरको गाडीमा
ढुंगा प्रहार गर्दा सिसा चर्केर क्षति भएको केन्द्रीय
प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा
प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 comments:
Post a Comment