भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लुम्बिनी, भदौ २१ । मधेश आन्दोलनमा शहादत प्राप्त
गर्नेलाई शहिद घोषणा र ५० लाख रुपैयाँ दिने
घोषणा गरेको मधेशी मोर्चाले मृतकका परिवारलाई
दुई लाख दिने भएका छन् । अनिश्चितकालीन् मधेश
बन्दको दौरानमा भैरहवास्थित झडपमा शहादत
प्राप्त गरेका चारजना शहीद परिवारलाई जनही
दुईलाख दिने संयुक्त मधेशी मोर्चाले घोषणा गरेको छ
।
मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले शहीद
परिवारलाई सान्त्वना स्वरुप मोर्चाले शभेच्छुक तथा
उद्योगी व्यापारीहरुसँग आर्थिक सहयोग उठाई
जनही दुईलाख दिने घोषणा गरेको हो ।
संयोजक यादवले शहीद सुनिल यादव, शैलेन्द्र
श्रीवास्तव, दुर्गेश यादव तथा रामेश्वर पासीको
परिवारलाई जनही एकलाख हस्तान्तरण गरिसकेको
हुँदा बाँकी एक–एक लाख यथाशीघ्र उपलब्ध गराउने
बताए ।
अर्को प्रसंगमा उनले धानखेतीमा किसानहरुले मलखाद
हाल्न जिल्ला सहकारी संस्थामार्फत ओसारपसार
गर्नुपर्दा सवारी अगाडि पछाडी कृषि प्रायोजन
खुलाएर लागेमा मोर्चाले अवरोध नगर्ने जानकारी
गराएका छन् । उनले यदि बाटोमा कुनै कार्यकर्ता
अवरोध सिर्जना गर्न खोजेमा ९८५७०२१२१३
मोबाइलमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

0 comments:
Post a Comment